२०८१ जेष्ठ ३० गते बुधवार

पहिरोले घर बगाउँदा दुई जनाको ज्यान गयाे

कास्की,भदौ १७ । पोखरामा पहिरोले घर बगाउँदा दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् भने एक जना बेपत्ता छन् ।

पोखरा महानगरपालिकाको वडा नम्बर २० भलाममा पहिरोले घर पुरिँदा कृष्णबहादुर श्रेष्ठ र उहाँकी श्रीमती सुनमायाको ज्यान गएको हो ।

श्रेष्ठका १० वर्षका छोराको भने उद्धार गरिएको छ । उनको मणिपाल अस्पतालमा उपचार भइरहेको छ भने अर्का छोरा पहिरोमा पुरिएर हराइरहेका वडा अध्यक्ष सिम गुरुङले जानकारी दिए ।

पहिरोमा हराइरहेकाको खोजी भइरहेको उनले बताए । गएराति पोखराका अन्य धेरै क्षेत्रमा पनि बाढी पहिरोले क्षति पुर्याएको छ ।

आज पनि पोखरालगायत गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

 

प्रकाशित मिति : २०७८ भाद्र १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *