२०८१ चैत्र १४ गते बिहिवार

तुलसीपुर नगर जेसिजद्वारा नयाँ वर्षको भित्तेपात्रो विमोचन

तुलसीपुर,वैशाख ५ ।तुलसीपुरनगर जेसिजले नयाँ बर्ष २०७८ सालको सु- अवसरमा भित्तेपात्रो ( क्यालेन्डर ) बिमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।तुलसीपुर नगर जेसिज वर्ष २०२१ का अध्यक्ष नेत्रलाल भट्टराई ( नारायण ) को अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा न. ८ का अध्यक्ष बेद बहादुर केसीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा बोल्ने वक्ताहरुले जेसिजले गरेका हरेक कार्यहरू सराहनिय रहेको भन्दै संस्थाको प्रसंशा गरेका थिए । कार्यक्रममा ग्रेट अरनिको मावि तुलसिपुरका प्रध्यानाध्यापक बिष्णु प्रसाद आचार्य, तुलसीपुर नगर जेसिज का पुर्व अध्यक्ष झरेन्द्र खरेल, सुर्य शर्मा, मेघराज घिमिरे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सहजीकरण जेसिज वर्ष २०२१ का महासचिव जेसि दामोदर न्युपानेले गरेको जेसिज वर्ष २०२१ का प्रवक्ता जेसी पूर्ण विक्रम डाँगीले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ बैशाख ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *