२०८१ चैत्र ९ गते शनिवार

जन पत्रकार संगठन नेपाल दाङको संयोजकमा वली चयन

तुलसीपुर ,फागुन २९।नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वका नेपाल कम्युनिष्ट पार्टी निकट जनपत्रकार संगठन नेपाल दाङ जिल्लाको प्रथम भेला शनिवार तुलसीपुरमा भएको छ ।

भेलाले हेमन्तप्रकाश वली (राजु)को संयोजकत्वमा ११ सदस्यीय सम्मेलन आयोजक समिति चयन गरेको छ ।
जसको सदस्यमा डिल्लिराज भुसाल,प्रकाश वली,रमेश चौधरी, शिबराज वली, खगेन्द्र डाँगी, देबकृष्ण राना,दिपक बिक, निश्चल डाँगी, शरद पाण्डे र बासुदेब वली रहेका छन।

भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा दाङ जिल्ला इन्चार्ज प्रदिप वलीले जनपक्षीय पत्रकारिताको बिकासमा प्रतिबद्ध भएर लाग्न आग्रह गरे ।पत्रकारिता निष्पक्ष सत्यतथ्य र खोजमुलक हुनुपर्ने इन्चार्ज वलीको जोड थियो ।

त्यस्तै जनपत्रकार संगठन नेपाल राष्ट्रिय सम्मेलन आयोजक समिति सचिब जानकी दहितले आस्था,बिचारका साथै निमुखा जनताको अभिब्यक्ति स्वतन्त्रताको सुनिश्चितताको लागि जुझारु समिति निर्माण गर्न आग्रह गरिन ।

उनले भनिन् –‘पत्रकारहरुको तागत कलम हो र त्यो कलम न्याय, स्वतन्त्रता, मानता,स्वाधिनता,वास्तविकता र शान्ती समृद्धिको एजेन्डामा चलाउनुहोस।’ नेकपा तुलसीपुर नगर इन्चार्ज अमर खडका्को स्वागत मन्तव्यबाट सुरु भएको भेलामा युबा संगठन नेपाल दाङ जिल्ला संयोजक मनोजले धन्यवाबाद ज्ञापन गरेका थिए । हेमन्तप्रकाश वली (राजु)को अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण प्रकाश वलीले गरेका थिए।

प्रकाशित मिति : २०७७ फाल्गुन २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *