२०८१ जेष्ठ १३ गते आइतवार

तुलसीपुरले अब प्रेमराज चौधरीले बनाएको लोगो प्रयोग गर्ने


तुलसीपुर, फागुन २९ । तुलसीपुर उपमहानगरपालिकाको लोगो सार्वजनिक गरिएको छ । आठौ नगरसभाको पहिलो बैठकमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १५ का प्रेमराज चौधरीले वनाएको लोगोलाई उत्कृष्ट लोगोका रुपमा सार्वजनिक गरिएको हो ।

उपमहानगरपालिकाको सबै पहिचान झल्कने कुराहरुलाई समेटेर लोगो निर्माणका लागि सार्वजनिक सूचना आह्वान गरिएको थियो । प्रतिष्पर्धामा १७ वटा लोगो प्राप्त भएको र त्यसको छोटो सुचि तयार पारेर ३ वटा लोगो कार्यपालिकाको बैठकमा पेश गरिएको सूचना अधिकारी बाबुराम न्यौपानेले जानकारी दिए ।

कार्यपालिकाको ९८ औ बैठकले अन्तिम लोगो छनोट गरेको हो । उत्कृष्ट लोगो वनाउनलेलाई उपमहानगरपालिकाले २० हजार पुरस्कारको घोषणा समेत गरेको छ । मंसिर १५ गते लोगो निर्माणका लागि सार्वजनिक आह्वान गरिएको थियो ।

लोगो छनोट समितिमा निमित्त प्रशासकीय अधिकृत भाष्करराज गौतम, अशोक थारु, वसन्त आचार्य, बाबुराम न्यौपाने, देवराज विक, कुमार लामिछाने र विष्णु आचार्य रहेका थिए । नगरसभाको बैठकमा नगरप्रमुख पाण्डेले आधिकारीक लोगोका रुपमा अव प्रयोगमा ल्याइने वताए । उनले लोगोले तुलसीपुरको पहिचानलाई वलियो वनाउने विश्वास लिएको समेत वताए ।

प्रकाशित मिति : २०७७ फाल्गुन २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *