२०८० चैत्र १६ गते शुक्रवार

शिक्षक विद्यार्थीले बालिकाको उपचारका लागि सवा १ लाख सहयोग गरे

तुलसीपुर, फागुन २६ । बोनम्यारोबाट पीडित बालिकालाई आर्थिक सहयोग गरिएको छ । तुलसीपुर ७ को ज्ञानज्योति पब्लिक स्कुलमा कक्षा ६ मा अध्ययनरत १२ वर्षीया बालिका सन्ध्या राहुलाई बोनम्यारो भएको छ ।

त्यो थाहाँ पाएपछि स्कूलका शिक्षक, विद्यार्थीले संकलन गरेको १ लाख १५ हजार ८ सय ५ रुपैंया सहयोग गरेका हुन् । विद्यालयका संस्थापक अध्यक्ष टिकावहादुर जिसीले संकलित रकम प्रदान गरेका छन् ।

मानविय दृष्टिले अफ्ठेरोमा परेकालाई सहयोग गर्नु सबैको दायित्व भएको उनले बताए । सहयोग बुझ्दै बालिकाकी आमा दमन्ता राहुले सबैलाई धन्यवाद दिदै थप सहयोगका लागि सबैलाई अपिल गरेकी छन् ।

हाल काठमाडौमा उपचार गराइरहेकी बालिकालाई राष्ट्रिय वाणिज्य बैक तुलसीपुर शाखाको ४१६००२८७६७१० मा सहयोग गर्न सकिने समेत आमा दमन्ताले वताइन् ।

प्रकाशित मिति : २०७७ फाल्गुन २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *