२०८१ जेष्ठ ५ गते शनिवार

सडकको अनुगमन

सल्यान, फागुन २५ ।राप्ती लोकमार्ग अन्तरगत दाङ सल्यान सडक खण्ड जिर्ण बनेपछि त्यसको स्तरोन्नति गर्न भन्दै मंगलबार छलफल तथा अनुगमन भएको छ ।

सल्यानका प्रमुख जिल्ला अधिकारी, कपुरकोट गाउँपालिकाका अध्यक्ष सहित सरोकारवाला निकायका प्रमुखहरुले दाङ–सल्यान सडक खण्ड अन्तर्गत कपुरकोट क्षेत्रको सडकको अवस्थाको अवलोकन गरेका हुन् ।

साँघुरो सडक, ठाउँ–ठाउँमा खाल्डा खुल्डी भएपपछि यात्रा कष्टकर र जोखिमपूर्ण बनेको छ । सर्वसाधारणको त्यही गुणासोको आधारमा प्रहरी प्रशासन र स्थानीय पालिकाका पदाधिकारीले सडकको अवस्थाको निरिक्षण गरेका हुन । करिव १० करोडको लागतमा सडक स्तरउन्नति कार्य हुने थालेपछि सरोकारवालाहरुले सडकको अनुगनम गरेका हुन् ।

सल्यान जिल्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाई, कपुरकोटट गाउँपालिकाका अध्यक्ष भिमबहादुर सेन, डिभिजन वन कार्यालय सल्यानका प्रमुख रमेश गिरी, सडक डिभिजन कार्यालय दाङका प्रमुख निरज शाक्य लगाएत सुरक्षा निकायका प्रमुख प्रतिनिधिहरुले सडकको अनुगमन गरेका हुन् ।

जिल्ला समन्वय समिति सल्यानका प्रमुखको अध्यक्षतामा बुधबार बैठक बस्ने र राजनीतिक सहमति कायम गरि सल्यान क्षेत्रको सडक स्सतरउन्नतिको काम सुरु गर्ने गाउँपालिकाका अध्यक्ष सेनले बताए ।

प्रकाशित मिति : २०७७ फाल्गुन २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *