२०७८ बैशाख १ गते बुधवार

भोटे मेलाको तयारी अन्तिम चरणमा – आयोजक

तुलसीपुर,फागुन २४ ।ऐतिहासिक भोटे मेलाको तयारी अन्तिम चरणमा मेला आयोजकहरुले बताएका छन् । सोमवार पत्रकार सम्मेलन गरि त्यस्तो जानकारी दिइएको हो । आन्तरिक पर्यटन प्रर्वद्धन गर्ने उदेश्यका साथ सञ्चालन गर्न लागिएको भोटे मेलाको तयारी अन्तिम चरणमा पुगेकोे तुलसीपुर मेला संयोजक दोर्ण आचार्यले जानकारी दिए ।

उनले मेलालाई बिषेश बनाउन गरि तयारी भइरहेको बताए । मेलामा १ सय ३० स्टल मध्ये ६५ स्टल बुकिङ् भइसकेको उनले जानकारी दिए । मेलाको पहिलो दिन उद्घाटन कार्यक्रमसहित घोडा दौड प्रतियोगिता,लोकदोहोरी प्रतियोगिता,डान्स आइकन अडिसन लगाएतका कार्यक्रम गरिने आयोजकले जनाएको छ ।

मेला स्थान वरिपरी तारबार गरिएको छ । मेलामा सुरक्षा प्रवन्ध मजबुत राख्न सुरक्षाकर्मी संगै सबै समन्वय भइरहेको पनि आयोजकले बताएको छ ।मेला सास्कृतिक समिति संयोजक दिपक कुमालले मेलामा संकलन पैसाबाट घोडा किन्ने र त्यो घोडा गणेशपुरमा पार्कमा राखिने जानकारी दिए ।

त्यो घोडालाई चमेरे गुफा र छिल्लीकोटसंग जोडेर घोडामा चढेर पर्यटकीय स्थल लगाएत होमस्टेहरुसम्म जाने व्यवस्था मिलाउने उनले योजना सुनाए । त्यस्तै मेला स्थल नजिक रहेको शिवमन्दिरको मर्मत सम्भार निमार्ण, मावि कालाखोलाको गेट निमार्ण र रानीघाट युवा क्लवलाई ९० हजार रुपंैया सहयोग गर्ने लक्ष्य लिइएको कुमालले बताए ।

मेलामा जुम्लीहरुको देउडा नित्य प्रस्तुत गरिने छ । विभिन्न जातजातिका भेषभुषा सहितको झाँकी जुलुस निकाल्ने गरि तयारी गरिएको कुमालले जानकारी दिए । तुलसीपुर वडा नं. ७ का टोलबिकास संस्थाहरुको सुरक्षा समिति निर्माण गरिएको छ । त्यस्तै मेलामा सशस्त्र प्रहरी र नेपाल प्रहरी गरि २० जना सुरक्षा कर्मी रहने छन् ।

६ दिन सम्म सञ्चालन हुने मेलामा राष्ट्रिय तथा स्थानिय कलाकारहरु निम्त्याउने आयोजकले जनाएको छ । फागुन २६ गतेदेखि चैत २ गतेसम्म तुलसीपुर ७ स्थित कालाखोलामा मेला सञ्चालन गर्न लागिएको छ ।

मेला प्रचार प्रसार समिति संयोजक एवं चलचित्र पत्रकार सघं दाङका अध्यक्ष शिव पुनको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण उपाध्यक्ष सन्तोष केसीले गरेका हुन ।

प्रकाशित मिति : २०७७ फाल्गुन २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *