
तुलसीपुर फागुन २४ ।ब्रह्माकुमारी ईश्वरी विश्व विद्यालय राजयोग केन्द्र तुलसीपुरले १११ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा स्नेह मिलन कार्यक्रम गरेको छ ।
राजयोग केन्द्र तुलसीपुरको आयोजनामा सम्पन्न कार्यक्रमकी प्रमुख अतिथि तुलसीपुरकी उपप्रमुख माया आचार्यले संसारमा मातृ शक्तिले गर्न नसक्ने केही कुरा नभएको बताइन ।देश परिवर्तन महिलाबाटै भएको भन्दै महिलाहरु देबी, भगवती, लक्ष्मीको रुप भएको उनको तर्क थियो ।
तुलसीपुरमा जन्मिने छोरीहरुलाई स्मार्ट बनाउनु पर्छ भन्ने उदेश्यका साथ छोरीका लागि पमहानगरपालिकाले बैँकमा खाता संचालन गरि मासिक रकम राखिदिने गरेको उनले बताइन । ब्रह्माकुमारी ईश्वरी विश्व विद्यालय राजयोग केन्द्र तुलसीपुरकी गीता ‘दिदी’को अध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा महिला अधिकारकर्मी शुष्मा गिरीले महिला विना संसार चल्न नसक्ने बताइन । तर, उनले महिला आफुपनि सक्षम हुनुपर्ने धारणा राखिन । ‘महिला जति शिक्षित भयो, जति सक्षम भए उति नै घर संसार राम्रो हुन्छ,’ उनले भनिन् ‘ सक्षम र सबल महिलाले नेतृत्व गरेका कुराहरुमा तुलनात्मक रुपमा बिबाद देखिदैन ।’अनिताको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिवलाल महतराले गरेका थिए ।
