
तुलसीपुर,फागुन २१ ।तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ ड्वाङपुरमा अवस्थित हात्ती ढुंगामा शिवरात्रीको अवसरमा महोत्सब सञ्चालन गरिने भएको छ ।किवानिस क्लव अफ राप्तीको आयोजना तथा हात्ती ढुंगा संरक्षक समितिको सहआयोजना र तुलसीपुर १४ को संरक्षणमा महोत्सव गर्न लागिएको छ ।
शुक्रवार पत्रकार सम्मेलनमा क्लवका जिल्ला संरक्षक जागेश्वर वलीले फागुन २७ गते शिवरात्रीेको अवसर पारेर शिव महोत्सव सञ्चालन गर्न लागिएको जानकारी दिए ।
ऐतिहासिक धरोहरको रुपमा रहेको हात्ती ढुंगाको उत्पति र प्रचार प्रशारका लागि महोत्सव आयोजना गरिएको उनले बताए । महोत्सवमा धार्मिक संस्कार अनुसार धर्मगुरुहरु द्धारा ब्याख्या, हिन्दु दर्शनको बारेमा प्रवचन हुने उनले बताए । क्लवका अध्यक्ष बिमल पाखरेलको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण क्लवका प्रेस सल्लाहाकार राकेश बस्नेतले गरेका थिए ।
प्रकाशित मिति : २०७७ फाल्गुन २१ गते शुक्रवार