२०८१ जेष्ठ १७ गते बिहिवार

पुराना संस्कृति संरक्षण बारे कार्यक्रम

देउखुरी, फागुन २१ । राप्ती गाउँपालिकामा परम्परागत कला संस्कृति संरक्षणका लागि सास्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।राप्ती गाउँपालिका वडा नं. ८ को आयोजनामा पुराना स्थानीय कला संस्कृति झल्कने परमपरागत गीत संगीत तथा नृत्यहरु संरक्षणको लागि कार्यक्रमको आयोजना गरिएको हो ।

वडा अध्यक्ष गोकर्णबहादुर रानाको अध्यक्षता र गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आथित्यमा कार्यक्रम भएको हो । त्यसक्रममा स्थानीयले साँस्कृतिक कला प्रदर्शन गरेका थिए । स्थानीय थारु, मगर, गुरुङ समुदायका पुराना लोपोन्मुख संस्कृति झल्कने सास्कृतिक प्रस्तुतिहरु कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

स्थानीय ११ वटा लोपोन्मुख संस्कृति झल्कने सास्कृतिक प्रस्तुतिहरु रहेको कार्यक्रममा घाटु नाच, सोरठी नाच, कौडा नाच, पैंया नाच, झ्याउरे नाच, झुमरा नाच, पञ्चे वाजा नौमति नाच लगायत प्रस्तुत गरिएको थियो । सास्कृतिक कार्यक्रममा प्रस्तुति राख्ने सहभागी समुहलाई वडा कायालयले नगद तथा प्रमाणपत्रले सम्मान समेत गरेको थियो ।

प्रकाशित मिति : २०७७ फाल्गुन २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *