२०८१ जेष्ठ ११ गते शुक्रवार

ज्यान मुद्दाका फरार प्रतिबादी १६ बर्षपछि पक्राउ


तुलसीपुर, फागुन १६ । कर्तव्य ज्यान मुद्दाका एक फरार प्रतिबादी १६ बर्षपछि पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ कटाँहा निवासी ५५ बर्षीय लिलाबहादुर खत्री आइतवार बिहान साढे ६ बजे तुलसीपुर १० राईखलियान स्थित घरबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।

सर्वौच्च अदालतले ज्यान मुद्दामा खत्रीलाई दोषी ठहर गर्दै २०७१ साल चैत २९ गते १५ बर्ष कैद सजाय तोकेको थियो । अदालतको फैसला पछि उनी छिमेकी देश भारतको चण्डीगढमा बस्दै आएका थिए । प्रहरीका अनुसार पछिल्लो समय अभियुक्त खत्री छोराको तिथिमा आएको भन्ने गोप्य सूचनाका आधारमा पुगेको प्रहरीले राईखलियनाबाट पक्राउ गरेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्द्रप्रशाद रिजालले जानकारी दिए ।

प्रहरीका अनुसार पछिल्लो समय खत्री राईखलियानमा नयाँ घर बनाई लुकिछिपी बस्दै आएका थिए । खत्रीलाई आइतवार नै प्रहरीले दाङ देउखुरी जिल्ला अदातलमा उपस्थित गराएको र अदालतको आदेशमा तोकिएको सजाय भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *