२०८१ बैशाख ८ गते शनिवार

तुलसीपुर नगर जेसिजले कृष्ण सोनीको उपचारका लागि २१ हजार सहयोग गर्यो


तुलसीपुर, फागुन १३ । तुलसीपुर नगर जेसिजले तुलसीपुरका एक युवकको उपचारका लागि २१ हजार आर्थिक सहयोग गरेको छ । तुल्सिपुर उपमहानगरपालिका वडा नं. १ भमके निवासी कृष्ण सोनीको नशा सम्बन्धि समस्याका कारण बिगत केही बर्षदेखि समस्यामा रहँदै आएका छन् ।

तर, उनको आर्थिक अवस्था कमजोर रहेका कारण भनेको ठाउँमा उपचार गर्नका लागि जान सकिरहेको थिएन ।त्यो कुरा थाहाँ पाएर आफुहरु मानविय नाताले थोरै भएपनि सहयोग पुगोस भन्ने उदश्यका साथ सोनीको घरमा पुगि २१ हजार नगद हस्तान्तरण गरेर आएको नजर जेसिजका अध्यक्ष नेत्रलाल भट्टराई (नारायण) ले जानकारी दिए ।

उक्त रकम तुलसीपुर जेसिजका ब्यक्तिहरुले आपसमा संकलन गरेको अध्यक्ष भट्टराईले बताए । सहयोग हस्तान्तरण कार्यक्रम तुलसीपुर नगर जेसिजका अध्यक्ष भट्टराईको अध्यक्षता र तुलसीपुर वडा नं. १ का वडाध्यक्ष लक्ष्मण भण्डारीको प्रमुख आथित्यमा भएको हो ।

सहयोग हस्तान्तरण पछि वडाध्यक्ष भण्डारीले नगर जेसिजले समाजहितमा गरेको भूमिका अनुकरणिय रहेको र त्यसको सिको सर्वत्र हुनुपर्ने बताएका थिए । जेसी चेतन कँडेलको स्वागत मनतब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नगर जेसिजका महासचिव दामोदर न्यौपानेले गरेका थिए ।

जेसिजले ‘मानवताको सेवा नै जीवनको सर्बौत्तम कार्य हो’ भन्ने मुल उदेश्यका साथ समाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *