२०८१ पुष २९ गते सोमवार

तुलसीपुरको दिदीघरलाई किवानिस क्लबले वार्षिक २ लाख सहयोग गर्ने


तुलसीपुर, १२ फागुन। किवानिस क्लब अफ नेपालले दाङको तुलसीपुरमा रहेको दिदीघर संस्थालाई आर्थिक सहयोग गर्ने भएको छ ।

मंगलबार एक कार्यक्रमका बिच क्लबका केन्द्रिय अध्यक्ष मोहन लम्सालले रकम लागि १० वर्षका लागि सम्झौतापत्रमा हस्तान्तरण गरेका हुन् । बार्षिक २ लाखका दरले १० बर्ष सम्म सहयोग गरिने उनले बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका लम्सालले संस्थाले शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा काम गर्दै आएको बताए । हाल देशभर ७८ वटा शाखा विस्तार गरी काम गरिरहेको उनले बताए ।

कार्यक्रममा दिदीघर संस्थाकी अध्यक्ष स्यानी चौधरीले किवानीस क्लब प्रति आभार प्रकट गरिन । हाल केही व्यक्ती तथा संस्थाले आफ्नो जन्मदिन, वार्षिकोत्सव तथा अन्य अवसरमा सहयोग गरेपनि बालबालिकाको लागि अपुग भएको उनले बताईन । हाल उक्त संस्थामा १० जना बालबालिका रहेको उनले बताईन ।

कार्यक्रममा मानवअधिकारकर्मी शुष्मा गिरी, स्वामी केशव आचार्य लगायतले मन्तब्य राखेका थिए ।

किवानिस क्लब अफ राप्तीका अध्यक्ष विमल पोख्रेल (जेठु) को अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य क्लबका राप्ती संरक्षक जागेश्वर वलीले राखेका थिए भने कार्यक्रमको सहजिकरण क्लबका कार्यक्रम संयोजक नरेन्द्र वलीले गरेका थिए ।

प्रकाशित मिति : २०७७ फाल्गुन १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *