२०८१ जेष्ठ १७ गते बिहिवार

तुलसीपुरमा रेडक्रस दाङको ३७ औं जिल्ला सभा


तुलसीपुर, फागुन ८ ।नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङको ३७ औं जिल्ला सभा तुलसीपुर शनिवार भएको छ । रेडक्रस दाङ सभापति नारायण आचार्यको अध्यक्षता तथा तुलसीपुरका नगर प्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यमा भएको कार्यक्रम भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दे पाण्डेले रेडक्रसले विपद् व्यवस्थापन, मानविय सेवा, रक्तसंचार सेवा, एम्वुलेन्स सेवा सञ्चालन संगै विभिन्न, स्वयंसेवक जुनियर÷युवा सर्कलका माध्यमबाट समुदायलाई शिक्षा दिएको बताए ।
मानवता हराउदै गएको बर्तमान अवस्थामा विद्यालयका विद्यार्थीहरुलाई त्यो पाठ सिकाउनु पर्ने उनको राय छ ।

पाण्डेले जिल्लामा विपद् व्यवस्थापन तालिम केन्द्र नहुँदा समस्या भएको भन्दै त्यसको व्यवस्थापनमा लाग्न सुझाव पनि दिए ।

‘विपद् व्यवस्थापनका लागि राहत सामग्री, खाद्यानलगायत अनेत्रवाट ल्याउन समस्या छ,’ पाण्डेले भने ‘त्यसका लागि तालिम केन्द्र बनाई सवै राख्ने स्थानको आवश्यक छ ।’

आपत्कालिन उद्धार र तालिम केन्द्र सञ्चालनका लागि जग्गा भने उपमहानगरपालिकाले व्यवस्थापन गर्ने पाण्डेले प्रतिबद्धता जाहेर पनि गरे ।‘तुलसीपुरलाई नमुना सहर बनाउन एक्लै सम्भव छैन,’ उनले भने ‘त्यसका लागि यहाँका संघ संस्था,कार्यालयहरु पनि स्मार्ट हुनुपर्छ ।’

उपमहानगरपालिकाले रेडक्रस, आँखा अस्पताल,राप्ती बबई क्याम्पस, अस्पताल लगायत संस्थाहरुको विकासका लागि सहयोग गरि रहेको र अझैपनि आवश्यक सहयोग गर्ने उनले बताए ।

कार्यक्रममा शिक्षा विद् विष्णुकुमार देवकोटाले नेपाल रेडक्रसले विपद् व्यवस्थापनदेखि रक्त संचार सेवा दिएर जनसेवामा समर्पित रहेको भन्दै प्रशंशा गरे ।

उनले राप्ती प्रादेशिक अस्पतालमा आफु अध्यक्ष हुँदा विभिन्न विवादहरु मिलाएर रक्त संचार सेवा सुचारु गरेको स्मरण गरे । त्यस्तै रेडक्रसका केन्द्रीय सदस्य शिवकुमार थापाले नेपालको सवै भन्दा ठूलो मानविय सेवामा लाग्ने संस्था रेडक्रस भएको भन्दै पछिल्लो समयमा सरकारलाई नटेरेको हुँदा विभिन्न समस्याहरु आएको धारणा राखे ।

उनले २०७६ सालमा रेडक्रसमा देखिएका समस्याहरुलाई समाधान गर्न नयाँ समिति गठन गरेको भन्दै अव नयाँ समितिले असार मसान्त सम्म चुनाव बनाएर सक्षम नेतृत्व चयन गर्ने आशा व्यक्त गरे ।

सो अवसरमा नेपाल रेडक्रसका पूर्व केन्द्रीय सदस्य भगवती शर्मा, नेकपाका दाङका अध्यक्ष टिकाराम खड्का, दंगिशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरी, जनता समाजवादी पार्टीका नेता टोपबहादुर महतरा,तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, वडा नं. ११ का अध्यक्ष चित्रबहादुर वली, उपशाखा लमहीका अध्यक्ष थानेश्वर गैरे, पत्रकार गोविन्द खड्का लगायतले मनतब्य ब्यक्त गरेका थिए ।

रेडक्रसका उपसभापति मदन गौतमको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रममा रेडक्रशका मन्त्री प्रकाश श्रीवन्दले एक बर्ष अवधिमा गरेका गतिविधिहरुको प्रगति प्रतिवेदन र आगामी बर्षका लागि प्रस्तावित कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

त्यस्तै कोषाध्यक्ष कुशल तर्तालले आर्थिक प्रतिवेदन पेश गरेका थिए । उक्त कार्यक्रममा पत्रकार गोविन्द खड्का, गोपाल शर्मा भट्टराई, स्वाथ्यकर्मी बसन्त आचार्य लगायत रेडक्रसलाई सहयोग गर्ने विभिन्न व्यक्ति र वडाका वडाअध्यक्षहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमको सहजिकरण रेडक्रस दाङका मन्त्रि प्रकाश श्रीवन्दले गरेका हुन ।

प्रकाशित मिति : २०७७ फाल्गुन ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *