२०८२ पुष ३० गते बुधवार

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं ,भदौ ७ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्न लागेको हो ।

संसद् सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले “निर्वाचन आयोग, नेपालको पन्ध्रौँ वार्षिक प्रतिवेदन २०७७/०७८ र सोह्रौँ वार्षिक प्रतिवेदन २०७८/०७९” पेस गर्ने कार्यसूची रहेको छ ।

प्रतिनिधिसभाको बैठक करिब एक महिनापछि हिजोबाट बसेको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण साउन १० गतेबाट बैठक अवरुद्ध हुँदै आएको थियो ।

प्रकाशित मिति : २०८० भाद्र ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *