२०८२ माघ ८ गते बिहिवार

सुन तस्करी प्रकरणलाई सामान्य त्रुटी मान्न सकिदैन ः मन्त्री गुरुङ

काठमाडौँ,भदौ १ । कानुन, न्याय तथा संसदीयमन्त्री धनराज गुरुङले सुन तस्करी प्रकरणलाई सामान्य त्रुटी मान्न नसकिने बताएका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित नेपाल निजामती कर्मचारी युनियनको कार्यक्रममा मन्त्री गुरुङले त्रिभुवन विमानस्थलबाट बाहिरिएको सुन प्रकरणलाई पहेँलो हात्तीको संज्ञा दिँदै सामान्य त्रुटी मान्न नसकिने बताएका हुन् ।

उक्त प्रकरणको एक छानबिन प्रतिवेदनमा साधारण हेलचेक्राइँले सुन तस्करी भएको खबर पढेको भन्दै उनले त्यति ठूलो पहेँलो हात्ती अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिनु सामान्य हुनै नसक्ने तर्क गरे ।

मन्त्री गुरुङले नक्कली भुटानी शरणार्थीदेखि सुन प्रकरणको अनुसन्धानमा दोषी देखिने कसैलाई नछाड्ने स्पष्ट पारे ।

त्यस्तै मन्त्री गुरुङले आफू अहिले बिरामी निको भएर काममा फर्किएको भन्दै आफ्नो उपचारमा लाग्ने खर्च सरकारी कोषबाट नलिने बताए । आफू मन्त्रालयमा आएपछि कर्मचारीहरूले नै उपचार खर्च लिने विषयमा सल्लाह सुझाव दिएको र गरिब नेपालीहरूलाई निस्शुल्क उपचार गर्न नसकिएसम्म कुनै उपचार खर्च नलिने स्पष्ट पारेको उनले बताए ।

प्रकाशित मिति : २०८० भाद्र १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *