२०८२ पुष ३० गते बुधवार

तीन संसदीय समितिको बैठक आज बस्दै

काठमाडौं ,साउन ३२। आज संघीय संसद्का तीन वटा समितिको बैठक बस्दैछ ।

संघीय संसद् सचिवालयका अनुसार आज सार्वजनिक लेखा समितिसहित तीनवटा संसदीय समितिको बैठक बस्न लागेको हो ।

जसअनुसार दिगो विकास तथा सुशासन समितिको ११ बजे बैठक बस्नेछ भने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक ११ः३० बजेका लागि बोलाइएको छ ।

सिंहदरबारस्थित संसद् सचिवालय भवनमा बस्न लागेका तीन समितिको बैठक मध्ये सार्वजनिक लेखा समितिको बैठक भने १ बजे बोलाइएको छ ।

प्रकाशित मिति : २०८० साउन ३२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *