मोरङ,साउन १५ । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ(नेविसंघ) ले पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा।डा। महेश दाहालमाथि कालोमोसो दलेको भन्दै आफ्ना विद्यार्थी नेतालाई निलम्बन गरेको छ।
नेविसंघले विज्ञप्ति जारी गर्दै निलम्बन गरेको जनाएको हो। नेविसंघले आफ्नो विधानअनुसार कारबाही गरेको हो।
विज्ञप्तिमा छानबिनका क्रममा कालोमोसो दलेको पुष्टि भएपछि केहीलाई निलम्बन गरिएको उल्लेख छ।
मागहरू जायज भए पनि कालोमोसो दल्ने खेदजनक कार्य भएको भन्दलै उनीहरूमाथि कारबाही थालिएको नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिए।
प्रा.डा.दाहालमाथि उनकै निवासमा पुगेर कालोमोसो दलेको आरोपमा नेविसंघ मोरङका अध्यक्ष सरोज पोखरेललगायतका पक्राउ परेका थिए।
प्रकाशित मिति : २०८० साउन १५ गते सोमवार