२०८२ माघ १० गते शनिवार

संसदलाई तीन दलको बन्धक बन्न दिँदैनौँ ः रवि लामिछाने

काठमाडौं ,असार २५ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदलाई प्रमुख तीन दलको बन्धक बन्न नदिने बताएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले तीन दल (कांग्रेस, एमाले र माओवादी केन्द्र) को निर्णय अरुले मानिदिनुपर्ने हो भन्दै आफूहरुले संसदलाई तीन दलको बन्धक बन्न नदिने बताए ।


प्रधानमन्त्रीको अभिव्यक्तिबारे आफूलाई धारणा राख्ने अवसर नै नदिएको भन्दै उनले एमालेको छायाँमा परेको अनुभव गरेको बताए ।

मिटरब्याजपीडितलाई न्याय दिन ल्याइएको विधेयक अन्तिम दिन पेस गर्न खोजिएकोप्रति आशंका व्यक्त गरेका उनले तत्काल उक्त विधेयक ल्याउनुपर्ने बताए ।

प्रकाशित मिति : २०८० असार २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *