२०८२ मङ्सिर २३ गते मङ्गलवार

विप्लवको चुनाव विथोल्ने निर्णयपछि निर्वाचन आयोगका पदाधिकारी छलफलमा

काठमाडौं,कात्तिक १६ । नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वले चुनाव विथोल्ने निर्णय गरेसँगै निर्वाचन आयोगका पदाधिकारी छलफलमा जुटेका छन् ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले सुरक्षा निकायसँग गम्भीररुपमा छलफल भइरहेको बताए।

बुधबार आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा थपलियाले भने, ‘यो विषयमा सुरक्षा निकायसँग गम्भीररुपमा छलफलमा जुटेका छौं । तदनानुसार सुरक्षा योजनाको पुनरावलोकन गर्छौं । निर्वाचनको सन्दर्भमा आम सहमति हुन्छ भन्ने लागेको थियो । मलाई लाग्छ यो निर्वाचन विथोल्ने गरी कुनै गतिविधि हुनेछैनन् । ’

विप्लव नेतृत्वको नेकपाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २०७९ कार्तिक १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *