२०८३ जेष्ठ ३० गते शनिवार

सुशासनमा नागरिक सहभागिता कार्यक्रमको सामाजिक परिक्षण

सल्यान, मंसिर २९ ।सल्यानको कपुरकोट गाउँपालिकामा सञ्चालित सुशासनमा नागरिक सहभागिता कार्यक्रमको सामाजिक परिक्षण कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

कार्यक्रम अन्तर्गत सन् २०२१ मा भएका गतिविधिहरुको उपलब्धी, भएका सिकाई र आएका चुनौतिहरुको बारेमा सरोकारवालाहरुलाई जानकारी गराउनका लागि सामाजिक परिक्षण कार्यक्रम सञ्चालन गरएको हो । संस्थाको पारदर्शिता र जवाफदेहीता अभिवृद्धि गर्न, नागरिक र स्थानीय सरकारवीच समन्वय सहकार्य गरी आपसि सम्बन्धलाई मजबुत बनाइ राख्न सामाजिक लेखा परिक्षण गरिएको समाजका जिल्ला कार्यक्रम संयोजक गुमानसिंह नेपालीले जानकारी दिए ।

सामाजिक लेखा परिक्षण कार्यक्रमका प्रमुख अथिति कपुरकोट गाउँपालिका अध्यक्ष भिमबहादुर सेनले सुशासनविना दिगो शान्ति, विकास र समृद्धि हासिल गर्न नसकिने भएकाले सुशासन अभिवृद्धिमा सबै लाग्नुपर्नेमा जोड दिए । यसका लागि परियोजनाले महत्वपूर्ण सहयोग पुर्याएको उल्लेख गर्दै उनले सबै पक्षसंग समन्वय गरेर अघि बढ्नुपर्ने बताए ।

दलित विकास समाज सल्यानका अध्यक्ष निमबहादुर नेपालीको अध्यक्षतामा कार्यक्रम भएको हो ।

परियोजना अन्तर्गत सन् २०२१ मा कपुरकोट गाउँपालिकामा सामुदायिक समुहका सदस्यहरुका लागि प्रस्तावना तथा प्रतिवेदन लेखन तालिम, नेतृत्व विकास तथा वकालत सम्बन्धि तालिम, नेतृत्व विकास तालिम, योजना तर्जुमाका चरण, क्रियाकलाप संचालन र अनुगमन सम्बन्धि अभिमुखिकरण गरिएको संयोजक नेपालीले जानकारी दिए ।

स्थानीय सेवा प्रवाहमा सुधार तथा स्थानीय आवश्यकताहरुलाई सम्बोधन गर्ने नीति, कार्यक्रम निर्माणका लागि स्थानीय सरकार, प्रादेशिक सरकार तथा मन्त्रालयबीच सहकार्य र नियमित सम्बाद स्थापना गर्ने परियोजनाको उद्देश्य रहेको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *