बिष्णुकुमार देवकोटा ,दाङ, मंसिर १३ । निर्माण व्यवसायी महासंघको प्रादेशिक निर्वाचनमा प्रदेश अध्यक्ष बलिभद्र राना र शुरेस चन्दको बीचमा भिडिन्त हुने संभावना प्रवल बनेको छ ।
निर्वाचन कार्यतालिका अनुसार बिहीवार साँझ ५ः३० सम्म उम्मेदवारीको समय सीमा भित्र राना र चन्दको अध्यक्ष पदमा उम्मेदवारी दिएपछि उनीहरु बीचको प्रतिपर्धा निश्चित प्राय बनेको हो । चन्द नेपाली काँग्रेसको तर्फवाट चुनावी प्रतिपर्धामा उत्रिएका छन् भने राना नेकपाको तर्फवाट उम्मेदवार बनेका छन् । जम्मा कूल १९ पदहरुमा प्रतिस्पर्धा हुने निर्वाचन मण्डलले जानकारी दिएको छ । वरिष्ठ उपाध्यक्षमा नविनप्रसाद ज्ञवाली, र यज्ञबहादुर खत्रीको बीचमा प्रतिस्पर्धा हुने निश्चित जस्तै रहेको छ ।
त्यस्तै प्रथम उपाध्यक्षमा ४ जनाको उम्मेदवारी परेको छ । दिनेशकुमार हमाल, देविलाल न्यौपाने, नवराज श्रेष्ठ र मनिराम खत्रीले उक्त पदमा उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै द्धितिय उपाध्यक्ष अन्तरगत (महिला) पदमा मञ्जु भुसाल र गंगा पोखरेको उम्मेदवारी परेको छ । महासचिव पदका लागि भने प्रकाश शाह र नारायण पोखरेलको उम्मेदवारी परेको छ । त्यस्तै उप महासचिव (नीतिगत कार्यभार) पदमा जविन कक्षपति र टिकाबहादुर श्रेष्ठ (सन्तोष) चुनावी मैदानमा उत्रिएका छन् ।
त्यस्तै उपमहासचिव (आन्तरिक कार्यभार) तर्फ पवनकुमार कँवर, ऋषिराम आधिकारी, मणिराम पौडेल र रबिन्द्र लम्सालको उम्मेदवारी परेको निर्वाचन मण्डलका टुकराज पाण्डेले जानकारी दिए । त्यस्तै सहकोषाध्यक्ष पदमा प्रकाश बस्नेत र हरिकुमार श्रेष्ठको उम्मेदवारी परेको छ ।
सदस्यमा को–कस्को उम्मेदवारी ?
प्रदेश सदस्यमा ४ जना खुल्ला सदस्यपदका लागि दिपककुमार श्रेष्ठ, चन्द्रशेखर श्रेष्ठ, धर्मराज शर्मा, काँसिराम बस्याल, ढुण्डिराज पोखरेल, छेदिलाल श्रीबास्तव, भागवत गिरीको छ ।
त्यस्तै आरक्षित सदस्य पदमा राकेशकुमार पाण्डेय र रमेशकुमार मिश्रा, जनजाती सदस्यका लागि बिमलमान श्रेष्ठ, मिलनप्रशाद श्रेष्ठ, सुजन श्रेष्ठ र सन्तोष बिएमको उम्मेदवारी परेको छ । उम्मेदवारी दिएका सबैले आफ्नो पक्षमा मत माग्दै प्रचार प्रशार थालेका छन् ।
मुलुक प्रादेशिक संरचनामा गईसकेपछि पहिलो पटक हुन गईरहेको निर्माण व्यवसायीको निर्वाचनलाई चासोको साथ हेरिएको छ । प्रदेश नं ५ अन्तर्गतका १२ जिल्लाहरुमा कूल १ सय ९५ जनाले मतदान गर्न पाउने छन् । शुक्रवार दिउँसो १ बजेदेखि मतदानको समय तोकिएको छ ।
कोषाध्यक्षसहित केहि पदहरुमा सर्वसहमती बाट निर्वाचित
कोषाध्यक्ष पदमा त्रिभुवनदत्त मिश्रको मात्र उम्मेदवारी परेपछि उनी निर्वाचित भएका छन् । त्यसैगरी एसोसिएट्स सदस्य पदमा बामदेव रेग्मी, महिला सदस्य पदमा नलिन गौतम भुसाल, बस्तुगत सदस्य पदमा अजय राना निर्वाचित भएका छन् । तर, निर्वाचन आयोगले उनीहरुलाई आधिकारीक रुपमा निर्वाचित भएको घोषणा भने गरिसकेको छैन ।