चीनले समुद्रमाथि ५५ किलोमिटर लामो पुल बनाएको छ । हङकङ-झुहाई-मकाउ नामको यो पुलको विश्वकै छैठौं लामो पुल हो ।
२००९ मा निर्माण शुरु गरिएको यो पुलको उदघाटन मंगलबार चिनियाँ राष्ट्रपति शी जिनपिङले गरे । यो पुल बनाउन १२० अर्ब युआन खर्च भएको छ र उक्त खर्च हङकङ, मकाउ र झुहाईले बेहोरेका छन् ।
साउथ चाइना मोर्निङ पोस्टका अनुसार यस पुलमा चार लाख टनभन्दा बढी उच्च गुणस्तरको स्टिल प्रयोग गरिएको छ । यसले ८ रेक्टर स्केलको भूकम्प र शक्तिशाली समुद्री आँधीलाई थेग्न सक्छ । इन्जिनियरहरुका अनुसार यो पुलको आयु १२० वर्षभन्दा बढी छ ।
प्रकाशित मिति : २०७५ कार्तिक ७ गते बुधवार