धेरै छोराका आमाहरुले आफ्नो छोराको बिहे अघि भन्ने गरेको सुनेकी छु । म बुहारीलाई छोरीलाई जस्तै माया गर्ने छु । व्यवहार गर्ने छु । अझ एक जना मात्रै छोरा भएकी आमाको कुरा झनै एडभान्स हुन्छ । मेरो त छोरी भने कै बुहारी हुने हो । तर, जब ती आमा बुवा छोराको बिहे गर्छन वा बुहारी भित्र्याउँछन् ठिक फरक दृष्टिकोण निर्माण गर्न सक्छन् ।
अनि त सुरु हुने नै भयो, एक छोरी हुन नसकेकी बुहारीको जीवन कहानी । विवाह अघि र पछिको ब्यबहार ठिक दिन रात जस्तो फरक । पूर्णिमा र औंसीको रात जस्तो । ससुरा बुवा भन्दापनि सासु आमाको बुहारी प्रतिको नजरिया एकदमै पृथक, टाढाको , अलग्दै लाग्ने ।
दुइ नदीको किनार जस्तो । धर्ती र आँकाश जस्तो । त्यही भएरै होला एक जना मेरो साथीले सानोमा आफ्नी आमाले सुनाएको राक्षसनीको कथा संग सासु आमालाई तुलना गरेकी थिइन । सासु र बुहारीको प्रागाढ सम्बन्ध जहाँ हुँदैन त्यो घरमा कसरी खुसीका कोपिलाहरु लाग्न सक्छन् । फूलहरु कसरी फक्रिन सक्नछन् ? कि भने रातमै फूल्ने अनि रातमै झरिहाल्ने पारिजात जस्तै बन्न सक्नु पर्छ । हैन भने छोरी र बुहारी बीचको बिभेद कसैले मानोस वा नमानोस घर घरमा छ भन्नु अतिसयोउक्ती नहोला ।
हाम्रो समाजमा बिचित्तको छ । कतिपय हाम्रा परम्पराहरु पनि अनौठा लाग्छन् । विवाह पछि सासू–ससुरा, छोरा वा छोरी एउटा पक्ष बन्छ । अर्कौ तर्फ बुहारी अलग ठाउँमा बस्छन् । अपबाद परिवारमा बाहेक बुहारी – छोरी हुन सक्दैनन् । छोरी हैन उनीहरु बुहारी नै बनाइन्छन् ।
बरु बुहारीले छोरीले जस्तै व्यवहार देखाउन खोजेकी हुन्छिन । तर, सासु ससुरा साना साना छिद्र वा कमजोरी खोज्दै टिकाटिप्पनी सुरु गर्दै जान्छन् । जन्मेको घर त्याग्नु र पराइ घरलाई आफ्नो बनाउनु एउटी बुहारी भरसक सकारात्मक भूमिका निर्वाह गर्न चाहान्छे । माइतीमा भन्दा कयौं गुणा मेहनत गर्छे । तर, जति गरेपनि जस दिए पो ?
महिलाको दुश्मन महिला नै हुन्छन्, त्यसै भनिएको होइन रहेछ । प्राय घरमा ससुरा भन्दा सासु नै बुहारीको आरिस गर्छन भन्ने सुन्दा पत्यार लाग्दैन थियो । तर, जस्ले भोग्छ वा भोगेको हुन्छ त्यो कुरा हेक्का ती बुहारीलाई भन्दा कस्लाई हुँदो हो ।
भरखरै बिवाह गरि मनमाया म संग यस्तै कुरा गर्दैै धुरु धुरु रोयको देख्दा अचम्मै लागेको थियो । उस्ले सासु आमा र नन्दहरुले गरेको ब्यबहार सुनाउँदा आँखाबाट बर्षामा जस्तै ग्वारखोलाहरु बगिरहेका थिए । मैले उस्लाई संझाएकी थिए, त अझैं राम्रो बनेर देखा न, अझंै राम्रो गरेर देखान । उस्ले भन्थि, हेर, जति प्रयास गरेपनि जति नै गोडाहरुमा तेल लगाएपनि म उहाँकी छोरी, चेली बन्न सक्दै सकिन । बरु बिहे पछि त असल बुहारी अर्थात छोरी जस्तै बन्न प्रयास गरेस ।
उतिखेर मैले मनमायालाई आ… छोड यस्ता कुरा । एक बारको जुनीमा हाँसी खुसी बिताउनु पर्छ भन्दै कुरा अन्तै मोडेकी थिए । सुन्दर भविश्यको कल्पनामा मन पराएको प्रेमी संग विवाह गरेकी मनमाया केही दिन पहिले फेरि मलाई सोही कुराले हिर्काइ । बुहारी कहिलै छोरी बन्न सक्दो रहेनछन् भन्ने कुराहरु गतल रहेछ ? म मौन बसे । सायद उस्ले बुझी होली ।
बुहारी घर भित्रयाएको केही दिनपछि छर छिमेक, आफन्तहरुले बुहारी कस्ती छ ? भनेर सोध्दै गर्दा उनै सासुआमाले बुहारीका कुरा बिस्कुन जस्तै सर्वत्र सुकाएको प्रतित हुन्छ ।
पितृसत्ताले गाँजेको हाम्रो समाजमा छोरा र छोरी बीच थुप्रै असमानता र विभेदहरू छन । त्यस्तै अवस्था छोरी र बुहारी बीचमा पनि बिद्यमान छ । सबै चिज पुगोस तर पनि रातिमा मुसा कै राज भनेझैं कुरा काट्न छोडिदैन ।
मानौ,उदाहरणका लागि एउटी छोरी बिहान उठने वित्तिकै चियाको कप समातेर पढ्न बस्न सक्छिन । तर, भाग्यमानी बुहारीले मात्रै अपबादका रुपमा त्यो सुविधा पाउन सक्लान । नत्र कहाँ पाउनु ? बुहारी त कुचो समातेर घर धन्दा गर्नु पर्छ । भात भान्सा भन्दा टाढाको कुरा सोच्नै हुन्न जस्तो ।
बेलुका गोडा मालिस , बिहानपनि उठ्ना साथ सासु ससुराको खुट्टामा ढोग्नु पर्ने, घरका सबै सदस्यलाई चिया खान दिएपछि बल्ल बचेछ भने आफुले खानु पाइन्छ ।
घरका सबैलाई खाना खुवाएर मात्रै खानु पर्ने ।
थाहा छैन खै किन यस्तो गरिन्छ ? हाम्रो समाजमा बुहारी भन्ने वित्तिकै अलगै ब्यबहार छ । यस्ता थुप्रै कुराहरू छोरीलाई छुट दिइएको छ । तर, बुहारीलाई छुट हुँदैन । किन होला ?
यो बैज्ञानिक र प्रबिधिको युग हो । मानिसले अनेक अन्वेशनहरु गरि रहेका छन् । जल जमिन वा आँकाश मानिसले ती कुराहरुको राज खोज र अनुसन्धानवाट पत्ता लगाएको हो । आजको समयमा रुढीबादी बिचारहरुमा धेरै बदलाप आएको छ । आउँदै जाने पनि छ । गलत कुराहरु सुधार गर्दैै जान जरुरी पनि छ ।
बुहारीलाई मात्र कामको बोझ थप्नु सही हैन । बुहारीलाई अर्काकी छोरी भनेर दयाभाव नराख्नु मानवियता होइन । त्यो सासु ससुराको तर्फबाट गरिदै आएको कमजोरी हो ।
कोही पनि छोरी बिहे गरेर पराइ घरमा गइसके पछी त्यो घर परिवारलाई उनीहरु सर्बश्व ठान्छ्न नै । घरमा पनि माइतीमा पाए जस्तो माया,सम्मान पनि खोज्छनु स्वभाविक हो । तर, हाम्रो समाजमा त्यस्तो सम्मान र स्नेह पाउने बिरलै छन् ।
दिनरात घरको काममा मरिमेटेर लाग्दापनि सासु आमालाई खुसी बनाउन नसकेको दुखेसो पोख्ने मनमायाको कुराले बाडुल्की लाग्न थालेको छ । अझ त्यसमाथि श्रीमान बिदेश गएका हुन । कतै निस्कन, घुम्न, डुल्न, राम्रो कपडा लाउन र हाँस्दासमेत सासु आमाको टिकाटिप्पनी खेप्नु पर्छ भन्ने मनमायाका कुराहरु साँच्चिकै सागरको गहिराइका कुरा थिए ।
मनमाया भन्थी – हेर बिहे अघिको यो स्वतन्त्रता सबै पछि स्वाहा हुन्छ । कोही कसैको डर बिना नै स्वतन्त्र भएर आफ्नो काम गर्ने, कसैले केही भने पनि रिसाउँदै कोठामा पस्ने उनै छोरी बिहेपछि कदम कदममा काँडा कुल्चदै सहेर बस्नु पर्दौ रहे छ ।
अचम्म के लाग्छ भने काँडो बिझ्यो, दुख्यो पनि सासुलाई नसुनाएर मनमनै भन्नु पर्ने अवस्था आउँदो रहेछ । हो,मनमाया त सही थिइस । कसैले गाली गर्दा पनि बाहिरी हाँसो हाँस्नु पर्दाै रहेछ ।
साच्ची बुहारी मान्छे नै होइन ? किन हाम्रो समाजले बुझ्दैन ? बुहारी पनि कसैको छोरी हो भनेर नबुझ्ने समाज देख्दा दिक्दार लाग्छ ।
मनमायाका कुराले म झस्किुन्छु । ऊ भन्थि, हेर, हाम्रो समाजमा छोरी भएर बाँच्न जति गाह्रो छ नि, त्योभन्दा पनि गाह्रो रैछ पराई घरमा बुहारी भएर बाँच्न । मुखले यो त मेरी छोरी हो, बुहारी हैन भन्ने सासु आमाहरु व्यवहार भने अलग गर्दा रहेछन् ।
सासु र बुहारी, छोरी र बुहारीका बीचमा कतिपय यस्ता भिन्नताहरु छन, ती शब्दमा उतार्न संभव नहुँदा रहेछन् । छोरी र बुहारीलाई हेर्ने दृष्टिकोणमा धेरै फरक हुँदो रहेछ । मनमाया सायद, यो हरेक बुहारीको मनको भावपनि हो कि ? त पनि अझैं थप सकारात्मक बन्न सिक ।
तलाई थाहाँ नै छ नि , हामी छोरी चेलीले नै धानेको हो यो सारा सृष्टि । रातिमा श्रीमान जतिसुकै अचेत भएर आवस, रौद्ररुप धारण गरोस उनीहरुलाई शान्त पार्न सक्ने खुबी नारी मै त छ ? माइती घरका आमा बुवालाई जस्तै नजरले सासु ससुरालाई हेर ।
भाइ बहिनिलाई जस्तै स्नेह नन्द र देवरहरुलाई गर है । कृपया, फेरि अर्कौ भेटमा, एउटी बुहारीले कहिलै छोरीको दर्जा पाउन सक्दिन नहेछ भन्ने खाले कुराहरु मेरो सामु नदोह¥याउनु है ।