गंगादेव गाउँपालिका ६ रोल्पा ।
गंगादेब गाउपालिका रोल्पाको नाम आउने गरि निरन्तर भएका सवारी दुर्घटनाका समाचारले मन बिछिप्त बनायो र सोच्न बाध्य बनायो, सम्झिए रेडियो, पत्रपत्रिका, टिभि, सामाजिक संजाल फेसबुकमा पनि सवारी दुर्घटनाको खबर, दैनिकजसो देशका विभिन्न ठाउँहरुमा भैरहेका सवारी दुर्घटनाका खबरहरु हामीहरु सबैले देख्ने, सुन्ने र भोगिरहेका छौं।
तर दुर्घटना कसरी निरन्तर के कारणले भैरहेका छनरु सवारी दुर्घटनाबाट ज्यान गुमाईरहेकाहरुको सन्दर्भमा हामी सबै मौन छौ। यसमा सरोकारवाला कसैको चासो छैन, अहिलेको युवा जमात त झन समाचार हेर्न, समाचार शेयर गर्ने र स्टाटस लेख्नमा मात्र ध्यान केन्द्रित भएको देखिन्छ। सरकारको चासो तथ्यांक संकलन गर्ने र देशका विभिन्न ठाउँहरुमा सडक दुर्घटनाबाट मृत्यु हुनेहरुको तथ्याङ्क सार्वजनिक गर्ने गरेको जस्तो मात्र महसुस हुन्छ ।
मलाई आज देशका विभिन्न ठाउँहरुमा भैरहेका सडक दुर्घटना र त्यसबाट मान्छेहरुले अकालमै मृत्युअवरण गर्नुपरेको अवस्थालाई देखेर मेरो गाउँ जाने मोटरबाटो, त्यहा चल्ने सवारी, यात्रुवाहक गाडी संचालक, यात्री र सरकारको बिषयमा मनमा लागेका केहि कुराहरू लेख्ने प्रयास मात्र गरेको छु।
मलाई लाग्छ यहाँ पहिलो पटक यात्रा गर्ने मान्छेलाई दोस्रो पटक यात्रा गर्न मन लाग्दैन बाटो निकै साघुरो र अप्ठ्यारो छ ।यात्रा डर त्रासमै गर्नुपर्छ कुन बेला के हुन्छ भन्ने कसैलाई थाहा छैन साघुरो बाटोलाई फराकिलो बनाउनमा सरकारको ध्यान छैन, यात्रीको चापलाई कम गर्न थप गाडीको ब्यवस्था छैन, कतिपय गाडी चालकहरुको लापरबाही छ, यी यस्तै कार्यले गर्दा पनि यात्रा गर्नेहरुलाइ यात्रामा कठिनाइ छ। तर यस्तो अप्ठ्यारो सडक बाटोमा गाडी चलाउने र यात्रीलाई सकुशल घरसम्म पुर्याउने गाडी चालकहरुलाई भने मेरो सलाम छ। उक्त ठाउँको यात्रा गर्दा केहि भैहाल्छ कि भन्ने त्रास मनभित्र जो कोहीलाई आउछ ।
देशका विभिन्न ठाउँहरुमा छरिएर बसेका गाउँपालिका बासिन्दाहरु घरगाउँमा फर्किने भिडभाड निरन्तर देखिन्छ। भिडभाड कहिले पनि कम भएको देखिदैन ।अझ चाडपर्वको समयमा त के कुरा गर्नु यात्रीहरुको पिडैपिडामा यात्रा गर्नुपर्ने बाध्यता छ।
दाङको तुलसीपुरबाट रोल्पाको गंगादेब गाउँपालिकाका विभिन्न ठाउमा पुग्ने यात्रीहरुको चाप प्राय धेरै हुन्छ। सिमीत संख्यामा गाडी गुड्ने र बर्षातको समयमा बिग्रेको बाटो मर्मतका लागि कोही कसैकोपनि ध्यान नजानुले पनि यात्रीहरुले जोखिमपुर्ण यात्रा गर्नुपरेको महसुस हुन्छ।
मनोमानी यात्रीबाट भाडा असुल्ने, एकलौटी बजार यहाँको समस्या नै हो। जोखिम बिना यात्रा असम्भव गंगादेव बासीको दुर्भाग्य नै हो । दैनिक जसो दुर्घटनाले बिछेद गंगादेव वासीको पीडा कस्ले पो सुन्ला र ? देशमा दुर्घटनामा ज्यान गुमाउने, घाइते परिवारहरुको पीडा बिषयमा कुनै अनुसन्धान र बिश्लेशन छैन।
मलाई लाग्छ, हाम्रो देशमा सवारी दुर्घटना नियमन निति कमजोर छ, पावर पहुँच भएपछि जे गर्दा नि हुन्छ। सवारी दुर्घटना दुई दिनको दुःख मात्रै बनेजस्तो देखिन्छ, पिडितहरुको पीडा जिवनभरिको भरको हुन्छ भनेर कसैले मापन गरेको छैन।
दुर्घटनाले कसैलाई पनि खुसी बनाउदै, अब तपाई आफै भन्नुहोस् दुर्घटना हुनुको मुख्य कारण के हुनसक्छ रु सडक बाटो निर्माणमा मापदण्ड बिपरित हुनु, भ्रष्टाचारको जालो र कमिसनतन्त्रले सबै चिज ठिक देखिनु, नियम बिपरित सरकारी निकायले सवारी संचालन गर्ने अनुमति दिनु जस्ता कारण देखिएकै छैनन।
तपाइले थाहा छ दुर्गम स्थानमा बाटो निर्माण पछि सवारी संचालन गर्न योग्य संरचना छ वा छैन भनेर प्रमाणित गरेकोरु अँह मैले त अहिले सम्म यस्तो नियम बनेको सम्म थाहा पाएको छैन । प्राविधिक श्रवेक्षेण बिपरित निर्माण भएका मोटरबाटोमा सवारी चलाउन अनुमति छैन भनेको कतै देखे अनि सुनेको पनि छैन । ठेक्का पट्टा गरेर निर्माण गरेका संरचनाको गुणस्तरमा अनियमितताको छानविन नै नहुनु मुख्य समस्या देखिन्छ ।
ठेक्का कामको गुणस्तर भन्दा पनि कसरी कमाउन सकिन्छ भन्नेतिर केन्द्रित भएको देखिन्छ। ठेकेदार, फिल्ड प्राविधिक, कार्यालय प्रमुख सम्म कमाउने नै दाउ हुन्छ, त्यहि कमाउ धन्दामा नै पुराना थोत्रा भएका गाडीहरु संचालन गर्न अनुमति दिइन्छ, गाडीमा यात्रीको चाप के कस्तो छ भन्ने बिषयमा केही निगरानी छैन, ट्राफिक दाईलाइ दुई रुपैयामा कमाउन पाएसि हिसाब मिलि हाल्छ, निगरानी गर्ने जिम्मा पाएको निकायलाई कमिसन खाए पुग्छ। तितो अनुभव त दुर्घटना भोगेको परिवारलाई मात्र थाहा हुन्छ ।
यहि समस्यालाई उजागर गर्दै घरदैलोको सरकार,अर्थात सबै स्थानिय सरकारलाई बिनम्रका साथ यहि लेख (आर्टिकल)मार्फत ध्यानाकर्षण गराउदछु, मोटरबाटोमा गाडी संचालनको मापदण्ड जारी गरियोस, गंगादेब चल्ने रोडमा सवारी भाडा निर्धारण गर्ने गरियोस, यात्रुको चाप अनुसार गाडी संचालनमा ध्यान केन्द्रित होस भन्ने स्थानिय सरकारको ध्यानाकर्षण गराउनै पर्ने देखिन्छ।
गाउँपालिका भित्र थुप्रै बिबादास्पद कामहरु भए पनि यो बिषय सुधारमा गंगादेब सरकार ध्यानाकर्षण हुनुपर्छ र सुधार हुनेछ ।
