युवा शब्द सुन्ने बित्तिकै हाम्रो मन मस्तिष्कमा जोश जाँगर र उमङ्गले भरिएको एउटा मानव चित्र नाच्न थाल्छ । यस्तो किन पनि हुन्छ भने आजसम्म मानव समाजमा जे जति आविष्कार र परिवर्तन भएका छन, ती सबै युवाको सक्रिय सहभागिता र पहल कदमीमा मात्र सम्भव भएका छन् ।
यस अर्थमा युवा आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक परिवर्तनका नायक हुन । यसै सन्दर्भलाई लिएर चिनियाँ क्रान्तिका नायक माओत्सेतुङले युवालाई लक्षित गर्दै भन्नुभएको छ, ‘युवाहरू हो, यो संसार तिमिहरूको हो ।’
यसरी युवा शब्दले हाम्रो मस्तिष्कमा खिच्ने तस्बिर र माओत्सेतुङ जस्ता महान व्यक्तिको उक्ति सुन्दा युवा ऐतिहासिक जिम्मेवारी बोकेका समाज परिवर्तन र देश विकासको मेरुदण्ड हुन भन्ने मान्न सकिन्छ । तर आज अधिकांश युवामा यो ऐतिहासिक जिम्मेवारी र कर्तव्यबोध भएको पाइँदैन ।
उपभोक्तावादी संस्कारले गिजोलिरहेका बेला अध्ययनमा अरूचिका कारण युवाहरू झन गैरजिम्मेवार र दिशाविहीन बनिरहेका छन् । बढ्दो बेरोजगारी र अशिक्षाले युवाहरूको आफ्नै भविष्य अन्धकारतिर यात्रारत छ । समाजमा यस्तो परिदृश्य देखिनु भनेको हामी सबैको भविष्य पछाडि धेकेलिनु हो ।आज देशमा शिक्षित युवा नभएका पनि होइनन् ।
तर कमजोर चेतनाका कारण तिनिहरू कुनै न कुनै गलत प्रवृत्तिका शिकार भइरहेका छन् । जसका कारण युग बदल्ने ऐतिहासिक जिम्मेवारी बोकेका युवा शक्ति आज केही सिमित टाँठा बाठाको स्वार्थ पूरा गर्ने भ¥याङ मात्र बनिरहेका छन । यो युवामा रहेका अन्तर्निहित क्षमता र शक्तिको विपरीत कुरा हो ।
हाम्रो देशको राजनीतिमा त झन उच्च राजनीतिक नेतृत्वबाट नै युवाहरूको व्यापक दुरूपयोग भइरहेको छ । युवालाई आफूमाथि कहिल्यै प्रश्न नगर्ने मानव परिचालित रोबटमा परिणत गर्न खोजिरहेका छन । यो समाजका लागि दुःखद् कुरा हो भने आफ्नो स्वार्थपूर्ति गर्ने साधनको रूपमा मात्र आफूलाई प्रयोग गरिरहेका नेताबाटै ती युवाले आफ्नो सुन्दर भविष्यको निर्माण र देश विकासको अपेक्षा गर्नु झन गम्भीर र डरलाग्दो स्थिति हो ।
त्यसैले युवामा आलोचनात्मक चेतको विकास हुन अत्यन्त जरुरी छ । किनकि आलोचनात्मक चेतले मात्र सही र गलत छुट्याई समाजमा घट्ने विभिन्न घटना–परिघटनाबारे तथ्यमा रहेर समर्थन वा विरोध गर्न सिकाउँछ । तर चेतनाविहीनहरू समाजमा घट्ने त्यस्ता अनेक घटनाको वा कुनै पनि कुराको कि अन्धविरोध गर्छन, कि त अन्धसमर्थन वा विश्वास गर्न पुग्छन । यो प्रवृत्तिले समस्याको जडसम्म कहिल्यै पु¥याउँदैन । नेपाली राजनीतिमा आज जेजति युवा देखिएका छन् सबैभन्दा बढी यही प्रवृत्तिका शिकार बनिरहेका छन् ।
र आज फेरि समयले युवालाई आह्वान गरिरहेको छ । युवाहरू हो, तिमीहरूको जीवनमा आज रहेको सबैभन्दा मूल्यवान वस्तु समय हो । जीवनकै यो मूल्यवान र स्वर्णिम समयको अत्यधिक र प्रभावकारी प्रयोगबाट तिमीहरू आफ्नो व्यक्तिगत जीवनको चित्र मात्र होइन, समाजकै चित्र बदल्न सक्ने छौ।
तसर्थ युवा पङ्क्तिले अब सोच्नैपर्छ, केही त गर्नैपर्छ । किनकि युवाहरूको भाग्यको बिधाता युवाहरू स्वएम आफै हो । त्यसैले आफ्नो भाग्यको निर्माण आफै गर्दै सत्य, न्याय र समानतामा आधारित समाज निर्माणका लागि युवा आफ्नो ऐतिहासिक दायित्व र भूमिका निर्वाह गर्नबाट किमार्थ चुक्नु हुँदैन ।
लेखक
मध्य पुर्ब मोर्चा संयोजक
नेपाली जनप्रगतीशिल मोर्चा कतारका बरिष्ठ उपाध्यक्ष हुन ।