२०८१ चैत्र १३ गते बुधवार

पत्रकारको चुनावी सरगर्मी


राम्रो संग निन्दा खुलेकै थिएन बिहानको ५ बजेको थियो कहिल्यै न बज्ने फोनको घण्टी आज एकासी बजेको थियो ।निन्दा खुले जस्तो गर्दै मैले फोन रिसिभ गरे गाउँबाट एक जना भाईले फोन गरेको रहेछ दुई भाईका फोनमा धेरै गफ भए ।

भाईले मलाई प्रश्न गर्‍यो दाई हजुरले रेडियो काम गर्नुहुन्छ नि ? त्यसपछि मैले जवाफ दिए भाई काम त त्यसैतै हो दुई /चार बर्ष टाईम पास गरे मनोरञ्जनात्मक कार्यक्रमहरु चलाउथे, आजभोलि धेरै भयो रेडियो तिर गएकै छैन किन ? र भाई मैले उसलाई प्रती प्रश्न गरेर उसले भन्यो एउटा कुरा सोध्नु थियो दाइ?

 मैले भने के कुरा हो र भाई हजुरलाई थाहा होला नि दाई आजभोलि पत्रकारहरुको चुनावको खुबै प्रचार -प्रसार भएको छ चुनाव हुन लागेको रहेछ नि है त्यसपछि मैले जवाफ दिए हो भाई तैले कसरी थाहा पाईस सायद मैले  सोचे गाउँघर उस्तै छ र गाउँघरमा बस्ने मान्छेहरु उस्तै छन जो आज भन्दा ४/५ बर्ष पहिले हामी गाउँमै हुँदा थियो। 

उसले जवाफ दियो फेसबुकका भिता देखेको दाई ? त्यसपछि मैले जवाफ दिए हो भाई चुनाव हुदै छ यही चैत २५ गते त्यसपछि उसले भन्यो हजुरले पनि भोट हाल्नु हुन्छ होला है ? म एकछिन निकै अलमल परे अनि मैले मन मनै सोचे यसको जवाफ आएन उसले मलाई पनि पत्रकार नै सोच्यो उसलाई के थाहा म नाथे अझै सम्म पत्रकार हुन लायक नभएको कुरा र पत्रकार महासंघ सदस्य समेत नभएको मान्छे हो भन्ने कुरा त्यसपछि उसले फेरि प्रश्न गर्‍यो दाई पत्रकारहरुको पनि पाटी हुदोरहेछ रहेछ नि है अनि हजुर कुन पाटीको हुनुहुन्छ ? 

म नाथेलाई झन् के थाहा यत्रो बर्ष रेडियोमा कार्यक्रम चलाए अह कहिल्यै नि थाहा पाउन सकिन थाहा पाएको भनेको  पत्रकारहरु कुनै पनि पाटिका हुदैन स्वतन्त्र ,निश्पक्ष हुन्छन् भन्ने मात्र हो। अहिलेसम्म पनि पत्रकारहरु पाटीगत हुन्छन् भन्ने कुरा नथाहा पाएको नाथे म जवाफ दिन निकै अलमल परेर त्यसपछि मैले जवाफ दिए भाई मलाई नि थाहा छैन त्यस बारेमा त्यसपछि उसले मलाई प्रश्न गर्‍यो हजुर पत्रकार होइन र ? सायद उसले सोच्यो होला रेडियो बोल्ने सबै पत्रकार हुन उसलाई के थाहा म एउटा कार्यक्रम प्रस्तोता मात्रै हो भनेर पत्रकार हुनको लागि के के मापदण्ड पूरा गर्नुपर्छ र म नाथेले त्यो मापदण्ड पुरा नगरेको कुरा, हुनत उसलाई के थाहा, म आफैलाई त अहिलेसम्म थाहा छैन भने

पत्रकारहरु पाटीगत हुन्छन् भन्ने कुरा अहिलेसम्म न थाहा पाउने ब्यक्ती पत्रकार पनि कसरी हुन सक्छ? तपाईहरु आफैले पनि मुल्यांकन गर्न सक्नुहुन्छ? फेसबुकमा यति धेरै अग्रज पत्रकार गुरुहरुहरु हुन्छ साथीहरु छन अह मैले कहिल्यै नि थाहा पाउन सकिन्न पत्रकारहरु पाटीगत हुन्छन् भन्ने कुरा अब बिस्तारै थाहा पाउदै छु । पत्रकार मित्रहरु चुनावी मैदानमा आएपछि उसलाई झन कसरी थाहा होस् हाम्रो गाउँघरमा तिर त  रेडियोमा बोल्ने मान्छे पत्रकार हो भन्ने चल्न छ। फेरि अर्को कुरा संगै रेडियो बोल्ने मान्छे त अहिले चुनावी मैदानमा पनि छ्न त?

 त्यसैले हजुरहरुलाई मेरो एउटा अनुरोध छ। यसपालिको पत्रकार महासंघको देशब्यापी चुनावमा कुनै राजनीति प्रभाव र आफ्नो ब्यक्ति होइन स्वतन्त्र ,निश्पक्ष ,समाजसेवी ब्यक्तिलाई जिताउनु होस् । एउटा बन्द कोठा भित्र बसेर समाचार लेख्ने ब्यक्ति होइन प्रत्यक्ष घटना स्थलमा गएर सत्य ,तथ्य खोजे समाचार लेख्ने र सूचना दिने ब्यक्ति रोजौ अनि खोजौ र भोट दिएर जितौ !!  पत्रकारिताको माध्यमवाट समाजमा रहेका विकृती विसंगती माथि प्रश्न खडा गर्न सक्ने ,समाजको विकासमा सहयाेग गर्न ।

समाजमा भएका गलत कुराका लागि अावाज उठाउन सक्ने,  हरेक विभेद हटाउन सक्छु भनेर पत्रकारिता लाग्नु भएका, निरन्तर याे क्षेत्रमा लागेर गलत प्रवृत्ति विरुद्ध कलम चलाईरहनु भएका ,विभिन्न क्षेत्रहरूबाट अावाज उठाउन सक्ने । सभ्य समाजको स्थापन गर्न सक्ने र सभ्य समाज निर्माणमा गर्ने सक्ने अब्बल ब्यक्तीहरुको हातमा नेतृत्व र सफलता मिलोस । 

तपाईंकोहरुको अमुल्य भोट खोर नजाओस् केन्द्र देखि जिल्ला सम्म राजनीति प्रभाव होइन स्वतन्त्र र निश्पक्ष पुर्ण चुनाव होस् सम्पुर्णमा अग्रिम बधाई अनि शुभकामना !!

पत्रकारीता समाजमा बस्ने सबै तह र क्षेत्रका समस्या समाधान गर्ने माध्यम बनोस् माग्नेहरुलाई होईन गर्नेहरुलाई भोट दिनुहोला अनुहार देखेकाहरुलाई होइन समाजहरुका समस्याहरु संग जुध्न सक्ने र भोग्न सक्नेलाई  जिताउनु होला पत्रकारीतामालाई फोहोर राजनीति संग तुलना गर्ने वाताबरण सिर्जना नहोस् पत्रकार र पत्रकारीतामा स्वतन्त्रता होस् । जय पत्रकार जय पत्रकारीता!!

भुवन के सी 
गंगादेब गाउँपालिका ६ रोल्पा 

प्रकाशित मिति : २०७७ चैत्र २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *