तुलसीपुर, माघ २५ । आइतबार सुनचाँदीको मूल्य फेरि बढेको छ।
सुनको भाउ तोलामा नौ हजार पाँच सय रूपैयाँ बढेर तीन लाख पाँच सय रूपैयाँ पुगेको छ।
शुक्रबार सुन प्रतितोला दुई लाख ९१ हजार रूपैयाँमा कारोबार भएको थियो। सुन बिहीबार प्रतितोला चार हजार दुई सय रूपैयाँ घटेको थियो ।
चाँदीको मूल्य पनि बढेको छ। आइतबार पाँच हजार १० रूपैयाँमा कारोबार भइरहेको छ। चाँदी शुक्रबार तोलामा चार हजार सात सय १० रूपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : २०८२ माघ २५ गते आइतवार