२०८२ मङ्सिर २३ गते मङ्गलवार

ट्रयाक्टर दुर्घटना एक जनाको मृत्यु, चार घाइते

दाङ, कात्तिक ३० । डडेल्धुरामा ट्रयाक्टर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । चालक सहित थप चार जना घाइते भएका छन् ।

घाइते मध्य जिल्लाको आलिताल गाउँपालिका–५ बाहिरीसैनका २७ वर्षीय भरत रावतको मृत भएको छ ।

घाइते रावतलाई उपचारका लागि जोगबुढा अस्पताल पुर्‍याउना साथ चिकित्सकले मृत घोषणा गरेका थिए ।


शनिबार राति १० बजेतिर आलिताल गाउँपालिका–८ गोदाम बजारबाट बाहिरीसैन तर्फ जाँदै गरेको भे १ त ७८५४ नम्बरको ट्रयाक्टर सडकबाट झन्डै पाँच मिटर तल खसेको थियो ।

जिल्ला प्रहरी प्रमुख डिएसपी बरुणबहादुर सिंहका अनुसार उक्त दुर्घटनामा परि सोही ठाउँका २४ वर्षीय सन्तोष रोका, १९ वर्षीय पवन बिक, २५ वर्षीय तिलक चोखाल घाइते भएका छन् ।

रोकालाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ । बिक र चोखालको अवस्था सामान्ने रहेको र जोगबुढा अस्पतालमा उपचार जारी रहेको डिएसपी सिंहले जानकारी दिए ।

सामान्ने घाइते ट्याक्टर चालक २७ वर्षीय योगेन्द्र चर्ती प्रहरी नियन्त्रणमा छन् । ट्रयाक्टर अनियन्त्रित भइ दुर्घटनामा परेको चालकले बयान गरेका छन् ।

दुर्घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८२ कार्तिक ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *