घोराही, कात्तिक २१ । नेपाल लेयर्स कुखुरा पालन संघ दाङको प्रथम अधिबेशन साधारणसभा तथा जिल्ला अधिवेशन आज घोराहीमा सम्पन्न भएको छ ।
लेयर्स कुखुरा पालक किसान सघका केन्द्रीय अध्यक्ष विनोद पोख्रेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रमका वक्ताहरुले राज्यको कुल ग्राहस्थ उत्पादनमा ३ दशमलब ५ प्रतिशत योगदान गरेका कुखुरा पालक किसान राज्यको विभेदकारी नीतिका कारण पलायन हुन थालेको गुनासो गरेका छन् ।
नेपाललाई अण्डामा आत्मनिर्भर बनाउने र आमनागरिकको पोषण सुधारमा महत्वपूर्ण योगदान दिएका किसानलाई राज्यले लगानी मैत्री वातावरणको निर्माण र कर प्रणालीलाई सहज बनाउनु पर्ने उनीहरुको माग छ ।
कार्यक्रममा कुखुरा पालक किसानका महासचिव भेषराज अर्याल , कोषाध्यक्ष प्रकाश चापागाईं, केन्द्रीय सदस्य छवि खरेल पत्रकार महासङ दाङका अध्यक्ष सन्तोष सुवेदी , भेटेनरी कार्यालय दाङका हरिनारायण चौधरी लगायतले मनतब्य राखेका थिए ।
संघका दाङ जिल्ला अध्यक्ष मानबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण रवीन्द्र विक्रम केसीले गरेका थिए ।
लेयर्स कुखुरा पालक किसानको उद्घाटन पछि भएको बन्द शत्रले इश्वरप्रकाश श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।
जसको प्रथम उपाध्यक्षमा रुद्रमणि सापकोटा , दृतिय उपाध्यक्षमा यादव रिजाल , सचिवमा रबिन्द्र विक्रम केसी , कोषाध्यक्षमा इश्वर अर्याल , सहसचिवमा अजय न्यौपाने रहेका छन् ।
त्यस्तै सदस्य हरुमा लिला वलि, सम्भुसिह ठकुरी , दुर्गा ऐरी, हरपल केसी , नवराज सुवेदी , कृष्ण खरेल , गोविन्द योगी रहेका छन् ।
