तुलसीपुर, असोज १३ । घोराही नारायणपुर क्षेत्रका दुई युवा ब्राउन सुगरसहित पक्राउ परेका छन् ।
घोराही उपमहानगरपालिका – १० जलौराका २५ बर्षीय निर्मल डाँगी र सोही वडाको बुधौरा चोक बस्ने २५ बर्षकै शरद घर्ती मगर पक्राउ परेका हुन ।
उनीहरुको साथ बाट ४ ग्राम ११० मिली ग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी चक्रबहादुर शाहले बताए ।
गोप्य सूचनाको आधारमा घोराही – ८ सौंडीस्थित भित्री सडक खण्डमा रा ४ प ५२६३ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई रोकेर खान तलासी गर्दा ब्राउन सुगर बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेकाहरु उपर थप अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०८२ असोज १३ गते सोमवार

