तुलसीपुर, असोज ९ । उच्च अदालत तुलसीपुरका दुई वटा इजलाल निर्माणका लागि मंगलबार तुलसीपुर उपमहानगरपालिकाले बोलपत्र आह्वान गरेको छ ।
उपमहानगरपालिकाले १९ लाख ७६ हजारमा उच्च अदालतका दुई वटा इजलास निर्माण गर्न बिद्युतिय बोलपत्र आह्वान गरेको हो ।
तुलसीपुर उपमहानगरपालिकाका इञ्जिनियर पवनकुमार योगीले १५ दिने सूचना बिद्युतिय दरभाउ मार्फत सार्वजनिक सूचना मंगलबार नै जारी भइ रहेको जानकारी दिए ।
त्यो रकमबाट उच्च अदालतका लागि साढे २० मिटर लम्बाइ र साढे ५ मिटर चौडाइका दुइ वटा इजलासहरु निर्माण गरिने भएका छन् ।
ती संचनामा माथि जस्ता पाता लगाइने छ ।
भदौ २४ गते जेन–जी आन्दोलनका नाममा उच्च अदालत तुलसीपुरमा पनि आगजनी भएको थियो ।
तुलसीपुरका मेयर टीकाराम खड्काका अनुसार उपमहानगरपालिकाले आफ्नै कार्यालय जलेर भष्म भएपनि उच्च अदालतका इजलाश निर्माणका लागि लगानी गरेका हुन ।
जबकि, उपमहानगरपालिका आँफैले प्राङगनमा टेन्ट टाँगेर सेवा दिदै आएको छ । मेयर आँफै ब्यापारी संग सहयोगको लागि हात थाप्दै हिडेका छन् ।

