दाङ, असोज ७ । बर्दियास्थित बबई नदीमा बगेर बेपत्ता भएका दुई बालिकाको खोजी कार्य जारी छ ।
जिल्लाको गुलरिया नगरपालिका–२ संगमबस्तीका १२ वर्षीया निशानी थापा र १२ वर्षकै दूर्गा शाहीको खोजीका लागि नेपाल प्रहरी,सशस्त्र प्रहरी र स्थानीयले मिलेर खोजी गरि रहेका छन् ।
नुहाउन भनेर बबई नदीमा पुगेका उनीहरु सोमबार दिउँसो दुई बजेतिर बगेर बेत्तपा भएका थिए ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी देबेन्द्र मल्लले मंगबार बिहानै देखि बेपत्ता दुई बालिकाको खोजी सुरु भएको जानकारी दिए ।
प्रकाशित मिति : २०८२ असोज ७ गते मङ्गलवार

