२०८२ असार ७ गते आइतवार

बिहीबारसम्म बर्षा हुने

दाङ, बैशाख २३ । अझै दुई दिन वर्षा हुने प्रक्षेपण गरिएको छ ।


जल तथा मौसम विज्ञान विभागले बिहीबारसम्म पानी पर्ने प्रक्षेपण गरेको हो । बुधबार देशका पहाडी भूभागमा मध्यम वर्षा हुने देखिएको छ ।

मंगलबार बिहान एक घन्टाको अवधिमा दाङको पदमपुर क्षेत्रमा ८.२ मिलिमिटर वर्षा भएको छ । लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने संभावना औंल्याइएको छ ।


लुम्बिनीका साथै कोशी, मधेस, बागमती र गण्डकी प्रदेशहरुमा बर्षाको संभावना औंल्याइएको छ ।


पछिल्लो समय बंगालको खाडीबाट उच्च जलवाष्पयुक्त हावा र अरब सागरबाट पनि जलवाष्पयुक्त हावा आइरहेको मौसम बिभागले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *