दाङ, फागुन १३ ।भारतीय नागरिक बाँकेमा ठूलो परिमानमा ब्राउन सुगरसहित पक्राउ परेका छन् ।
फागुन १२ गते दिउँसो प्रहरीले भारत उत्तर प्रदेश जिल्ला बहराइच काजिपुरुवाका २१ बर्षीय अलबक्स खाँलाई ७२२ ग्राम ६३ मिलीग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । नेपालगञ्ज उपमहानगरपालिका – १५ स्थित जमुनाहाको पुरानो इट्टाभट्टाबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।
बाँके प्रहरीले आँफै ग्राहक बनेर डिल गरि खाँलाई पक्राउ गर्न सफल भएको अधिकारीहरुले बताएका छन् ।
खाँ ठूलो परिमानमा ब्राउन सुगर बोकेर भारतवाट नेपाल तर्फ आउँदै गरेको सूचनाका आधारमा पच्छ्याउँदै गइ प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
आइसी आठ लाखमा खरिद गर्ने डिल गरि खाँलाई ग्राहक बनेर गइ पक्राउ गर्न सफल भएको थियो ।
खाँ बारे थप अनुसन्धान भइ रहेको तथा कारबाहीको प्रक्रिया अगाडि बाँके प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०८१ फाल्गुन १३ गते मङ्गलवार