२०७७ कार्तिक १२ गते बुधवार

बर्दियामा ‘गोली प्रहार’ लुटपाट र हत्या

बर्दियामा गोली प्रहार गरि लुटपाट र हत्या भएको छ । बढैयाताल गाउँपालिका वडा नं. ३ गोबरियापुर निवासी ३५ वर्षीय मोहन खटिकको लुटेराले प्रहार गरेर गोली लागेर मृत्यु भएको छ । लुटेराले ‘गोली प्रहार’ गरी उनको साथबाट ५० हजार लुटपाट गरेको छ । स्थानीयले दिएको जानकारी अनुसार सोमवार विहान १ ः ४० बजेको समयमा खटिकको घरमा लुटपाट गर्न भनि आएको लुटेराहरुको अज्ञात समुहले उनीमाथि गोली प्रहार गरेको थियो । घाइते खटिकको नेपालगञ्जस्थित नर्सिङ कलेजमा विहान ४ ः ४५ बजे मृत्यु भएको ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्रदेश प्रहरी प्रवक्ता पुष्पराज शाहीले जानकारी दिए । घटनामा संलग्न भएको आशंकामा तीन जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको डिएसपी शाहीले जानकारी दिए ।

घटनावारे अनुसन्धान जारी रहेको हुँदा लुटपाट गर्ने आएको समुहसंग प्रतिकारगर्दा खटिकको मृत्यु भएको हो कि व्यक्तिगत रिसिविले कसैले गोली हानी हत्या गगरेको त्यसवारेमा अझै एकिनका साथ भन्न नमिल्ने प्रहरीले जानकारी दिएको छ ।परिवारका सदस्यले खटिकलाई गोली हानेको बताए पनि घटनास्थलमा गोलीको खोका नभेटिएको प्रहरीले जनाएको छ।

आक्रमणबाट घाइते भएका खटिकको नेपालगञ्जस्थित नर्सिङ होममा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ। खटिकको पेटमा चोट छ। खटिकलाई आक्रमण गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०७५ कार्तिक १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *