तुलसीपुर,फागुन २ । तुलसीपुर-९ बेलुवामा रहेको सप्तरंगी इंगलिस मिडियम स्कूलले आफ्नो वार्षिक ‘सक्सेस एक्सपो-२०८१’ भव्य रूपमा सम्पन्न गरेको छ ।
विद्यालयले विद्यार्थीहरूको सिर्जनात्मकता, नवप्रवर्तन र शैक्षिक उपलब्धिहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको हो ।
एक्सपोमा विद्यार्थीहरूले विज्ञान, प्रविधि, कला, साहित्य र सांस्कृतिक प्रदर्शन गरेका छन् ।
विद्यालयका प्रिन्सिपल प्रदिप वलीले सक्सेस एक्सपोले विद्यार्थीहरूलाई सिर्जनात्मक सोच विकास गर्न, अनुसन्धानमुखी शिक्षा आत्मसात गराउन मद्दत पुर्याउने बताए ।
एक्सपोमा अभिभावक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
विद्यालय संचालक समितिका अध्यक्ष ललिजंग शाहको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका सामाजिक विकास समितिका संयोजक मानबहादुर वलीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि रावतले कक्षा १२ पास गरिसकेपछि विदेशिने परम्पराको अन्त्य गर्नुपर्नेमा जोड दिए ।
उनले सप्तरंगीले हरेक क्षेत्रमा प्रतिष्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्नुपर्ने बताए ।
त्यस अबसरमा प्याबसन दाङका सल्लाहकार मधुसूदन केसी,कार्यपालिका सदस्य बसन्ता केसी, गोर्खा मोडेल कलेजका प्रिन्सिपल पुर्ण बिक्रम डांगी लगाएतले सुभकामना मनतब्य ब्यक्त गरेका थिए ।
उक्त कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रधानाध्यापक गोपाल गिरीले गरेका थिए । साथै कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल शिव राज गिरी सहित विभिन्न ब्यक्तीहरुलाई सम्मान गरिएको थियो ।
विद्यार्थीहरुले विभिन्न नृत्य ,नाटक गित प्रस्तुत समेत गरेका थिए ।