२०८२ साउन १ गते बिहिवार

ट्याक्टरको ठक्करबाट एक बालक घाइते

तुलसीपुर,फागुन २ । तुलसीपुरमा ट्याक्टरको ठक्करबाट एक बालक घाइते भएका छन् ।

ट्याक्टरको ठक्करबाट तुलसीपुर–९ का तारा घर्तिको छोरा ५ वर्षका अनमोल चौधरी घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते चौधरीको मुख, टाउको र दुवै हात खुट्टामा चोट लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य रानाले बनाए ।

घाइते चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर उपचार भइरहेको प्रहरी निरीक्षक रानाले जानकारी दिए ।

आज दिउँसो साढे ३ बजेतिर कटकुइयाबाट तुलसीपुर तर्फ आउदै गरेको भे १ त ९१९८ नंम्बरको ट्याक्टरले पैदलयात्री चौधरीलाई ठक्कर दिएको थियो ।

ट्याक्टर र ट्याक्टर चालक तुलसीपुर– ५ का अन्दाजी ३२ वर्षका ओमकार बुढामगरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *