२०८२ साउन १ गते बिहिवार

स्कुटी दुर्घटना हुँदा एक जनाकाे मृत्युु


तुलसीपुर,माघ ३ । दाङमा स्कुटी दुर्घटना हुँदा एक जनाकाे मृत्युु भएकाे छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार दुर्घटनामा परी तुलसीपुर-६ का २८ वर्षिय सुदीप चाैधरीकाे मृत्युु भएको हाे ।

दुर्घटनामा गम्भीर घाइते भएका चाैधरीलाई नेपालगन्ज लागिएको थियाे ।

उपचार सम्भव नभएपछि परिवारले राप्ती प्रादेशिक अस्पतालमा ल्याएकाे र डाक्टरले बिहीबार बिहान सवा १० बजेतिर मृत घाेषणा गरेकाे प्रहरीले जनाएको छ ।

बिजौरीबाट भेलहितर्फ जादै गरेको रा ८ प ३१७९ नम्बरकाे स्कुटी तुलसीपुर- १६ राउतगाँउमा गएराती दुर्घटनामा परेकाे हाे ।

तिब्र गतिमा रहेकाे स्कुटी आफै अनियन्त्रित भई दुर्घटना भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक बिनाेदराज खत्रीले जानकारी दिए ।

स्कुटी चालक तुलसीपुर-७ का २८ वर्षिय सुमन चाैधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०८१ माघ ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *