तुलसीपुर, पुस २९ ।लुम्बिनी प्रदेश सरकारले माघ २ गते प्रदेश भर सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
माघे संक्रान्ति तथा माघ पर्वलाई मध्यनजर गर्दै माघ २ गते प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका बरिष्ठ शाखा अधिकृत गंगाधर पाण्डेले जानकारी दिएका छन् ।
प्रदेश सरकार मन्त्रिपरिषद्को २०८० चैत २० गते बसेको बैठकले माघे संक्रान्ति तथा माघ पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।
माघी पर्वको अवशरमा प्रदेश सरकारले अघिल्ला बर्षहरुमा पनि सार्वजनिक विदा दिदै आएको थियो ।
प्रकाशित मिति : २०८१ पुष २९ गते सोमवार