२०८२ असार ३१ गते बुधवार

चालकमाथि कारबाहीको माग गर्दै बन्द सडक खण्ड सूचारु

तुलसीपुर , पुस २ । ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु पछि आफन्तले बन्द गराएको पूर्व पश्चिम राजमार्ग सूचारु भएको छ ।


दोषी चालक माथि कारबाही र उचित क्षतिपुर्तिको माग गर्दै आफन्तले मंगलबार बेलुकी ४ बजेदेखि करिब ५ बजेसम्म एक घन्टा पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए । वडा प्रहरी कार्यालय लमहीका अनुसार सडक खण्ड बेलुकी ५ बजेपछि खुलेको हो ।

ट्रकको ठक्करबाट मोटरसाइकल चालक राप्ती गाउँपालिका वडा नम्बर – ३ बसन्तपुरका १८ बर्षीय सोनु गुरूङको सोमाबार बेलुकी मृत्यु भएको थियो ।


पूर्व–पश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका – २ लालमटिया कटेसनाला नजिक पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको बा ४ ख २२६१ नम्बरको ट्रकले पुर्वबाट पश्चिमतर्फ आइरहेको रा ८ प ४१४६ नम्बरको मोटरसाइकललाई सोमबार बेलुका साढे ६ बजेतिर ठक्कर दिएको हो ।

ठक्करबाट गम्भिर घाइते गुरुङको राति नै उपचारका क्रममा मृत्यु भएको थियो । ट्रक चालक प्रहरी नियन्त्रण्मा छन् ।

प्रकाशित मिति : २०८१ पुष २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *