तुलसीपुर, कात्तिक ३० । तुलसीपुरबाट नक्कली नोटसहित चार जना पक्राउ परेका छन् ।
तुलसीपुर उपमहानगरपालिका – १२ का एक जना र थप तीन जना तुलसीपुर – ८ बेलुवाबाट पक्राउ परेको एक जना प्रहरी अधिकारीले बताए ।
उनीहरुको साथ बाट एक हजारका १२ थान नक्कली नोटहरु बरामद भएको प्रहरीले बताएको छ ।
पक्राउ परेकाहरु माथि थप अनुसन्धान जारी रहेको जानकारी दिइएको छ ।
पक्राउ परेका ब्यक्तिहरुको नाम भने केही बेरमा सार्वजनिक गर्ने प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८१ कार्तिक ३० गते शुक्रवार