दाङको क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा नेकपाका केन्द्रीय सदस्य मेटमणी चौधरीले शंकर पोखरेलले आफ्नो ज्वााईको नाम जिल्ला अध्यक्षको रुपमा सिफारिस गर्नु गलत भएको बताएका छन् । नेकपा एमाले दाङका पूर्व जिल्ला इञ्चार्ज समेत रहेका चौधरीले शनिवार तुलसीपुरमा आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै विधि र पद्धती अनुरुप पूर्व जिल्ला अध्यक्ष टिकाराम खड्का नै जिल्ला अध्यक्ष बन्नु पर्ने दाबी गरे ।
प्रतिनिधिसभा सदस्य चौधरीले आफ्न्तलाई ल्याउन दोहोरो जिम्मेवारी दिन नहुने भन्ने पार्टीको सहमति विपरित निर्णय गरिएको भन्दै विरोध गरे । ५ नं. र ४ नं. का मुख्य मन्त्रीलाई प्रदेश इञ्चार्ज गराउनुले पार्टी एकतामा भाँड भैलो निम्तिएको उनको तर्क छ ।
उनले आफ्ना आफन्तलाई पद्धती मिचेर पार्टी एकता हुनै नसक्ने बताए । चौधरी वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर नेता मानिन्छन् ।
हेर्नुहोस भिडियो