२०८० फाल्गुन १२ गते शनिवार

ब्राउन सुगर सहित तीनजना पक्राउ

तुलसीपुर,पुस २१। तुलसीपुरमा ब्राउन सुगर सहित तीनजना पक्राउ परेका छ्न ।

तुलसीपुर उपमहानगरपालिकामा शुक्रबार बेलुका ३ ग्राम ५२० मिलिग्राम ब्राउनसुगरसहित तीन जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा तुलसीपुर–९ बेलुवाका २१ वर्षीय चन्द्रप्रकाश केसी, २१ वर्षीय प्रदीप बुढाथोकी र २१ वर्षीय सञ्जिव कठायत छन् ।

उनीहरुलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले तुलसीपुर–५ स्थित एक रेष्टुरेन्टबाट ब्राउनसुगरसहित पक्राउ गरेको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको इप्रका तुलसीपुरले जनाएको छ ।

प्रकाशित मिति : २०८० पुष २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *