२०८२ असार ५ गते शुक्रवार

लुम्बिनी प्रदेश : ८ दिनपछि जोडियो स्वास्थ्य मन्त्रालयको विद्युत


दाङ,मंसिर १२ । लामो समय विद्युत महशुल नतिरेपछि लाइन काटिएको ८ दिनपछि लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय विद्युत जडान गरिएको छ ।

स्वास्थ्य मन्त्रालयको नाममा बुटवलमा मिटर जडान भएको र त्यहाँको रकम भुक्तानी नभएपछि राप्ती उपत्यका देउखुरीमा रहेको मन्त्रालयको विद्युत कनेक्सन काटिएको थियो । मन्त्रालयले मंगलबार दुई लाख ८८ हजार तीन सय ५७ रुपैयाँ महशुल बुझाएको छ ।

नेपाल विद्युत प्राधिकरणको बुटवल कार्यालयमा पुगेर महशुल बुझाएपछि विद्युत जडान गरिएको नेपाल विद्युत प्राधिकरण लमही शाखाका प्रमुख युवराज रावतले जानकारी दिए ।

मन्त्रालयलाई बुटवलमा विद्युत महशुल बक्यौता रहेको विषयमा जानकारी नदिएर एक्कासी दाङमा रहेको मन्त्रालयको लाइन काटिएको मन्त्रालयले जनाएको थियो ।

राप्ती उपत्यकामा जडान भएको मिटरको एक रुपैयाँ बक्यौता नहुँदा पनि लाइन काटिएपछि समस्या भएको थियो ।

राप्ती उपत्यका देउखुरीमा रहेको मन्त्रालयमा मंसिर ५ गते विद्युत काटिएको थियो ।

प्रकाशित मिति : २०८० मङ्सिर १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *