२०८२ माघ ४ गते आइतवार

लुम्बिनीका अर्थमन्त्री मास्कीले गरे छात्रावास भवनको उद्घाटन

तुलसीपुर,भदौ १० । दाङको शान्तिनगर गाउँपालिका वडा नं.३ स्थित बीपी कोइराला माविमा छात्रावास भवन निर्माण गरिएको छ ।

उक्त भवनको लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले उद्घाटन गरेका हुन् । प्रदेश सरकारको लागतमा उक्त भवन निर्माण भएको हो ।

त्यस अवसरमा मन्त्री मास्कीले पश्चिम दाङमा इतिहासमै पहिलो पटक धेरै बजेट आएको बताएका छन् ।

पश्चिम दाङ विकासका दृष्टिकोणले पछि परेको भन्दै अब विकासले फड्को मार्ने बताएका छन् ।

पश्चिमका खोलाहरुमा पुल, विकट गंगटेसम्मको सहज यातायात, खानेपानी, विद्युत,सडक, सिंचाईलगायतलाई उच्च प्राथमिकता राखेको बताए ।

प्रकाशित मिति : २०८० भाद्र १० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *