तुलसीपुर,साउन ३१ । अनुवांशिक रक्त विकार समूह ‘हिमोफेलिया’ फ्याक्टर उपचारका लागि घरमै पुगेर सहयोग गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का १४ वर्षिय रुद्र वलीलाई तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले घरमै पुगेर सहयोग गरेका हुन।
तुलसीपुर उपमहानगरपालिकाभित्र ६ जनामा यस्तो समस्या देखिएको छ ।
समस्या देखिएका ६ जनालाई यातायात प्रत्येकलाई १५ हजार सहयोग गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७का वडाध्यक्ष रामबहादुर जिसिको अध्यक्षता एवम नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा सहयोग गरिएको हो । वडा नम्बर ७का एउटै घरका तीन दाजुभाइमा यस्तो समस्या देखिएको छ ।
वडा नम्बर ७ डाँडापातुका ३८ वर्षका शेरबहादुर चौधरी,३३ वर्षका रामबहादुर चौधरी र ३० वर्षका काशीराम चौधरीलाई यो रोगबाट प्रभावित छन । २०६८ सालमा भाइको शल्यक्रियाका क्रममा रक्तश्रावकै कारण रोग पत्ता लागेको दाजु रामबहादुर चौधरीले बताए ।
चौधरीले वर्षमा १६ पटक उपचार गर्नका लागि काठमाडौ जानुपर्ने र एकपल्ट जाँदा तीन दाजुभाइको २० हजार रुपियाँ खर्च हुने बताए ।
तुलसीपुर उपमहानगरपालिकाभित्र अहिलेसम्म ६ जनामा यस्तो रोगका बिरामी भेटिएको स्वास्थ्य शाखाका अधिकृत विष्णु गिरीले बताए ।
गिरीका अनुसार यो रोग लागेका बिरामीमा शरीरमा नीलो डाम देखिने, रक्तश्राव हुने, जोर्नी सुनिने जस्ता लक्षण देखा पर्दछन् । नगरप्रमुख टीकाराम खड्काले संघ र प्रदेश सरकारसँग समन्वय गरेर आगामी वर्षदेखि हिमोफेलियाका बिरामीको उपचारखर्चमा थप व्यवस्था गरिने बताए ।
नेपालमा २०७८को जनगणना अनुसार चार हजार नौ सय ३७ जना र लुम्बिनी प्रदेशमा नौ सय ५८ जना बिरामी रहेका छन् ।
रगत जमाउने तत्वको अभावमा यो रोग देखापर्दछ ।यो रोगबाट प्राय पुरुषलाई नै प्रभावित हुँने गरेका छन् ।