दाङ, साउन २१ । सल्यानमा घाँटी रेटेर हत्या गरेको अवस्थामा एक महिलाको शब फेला परेको छ ।
जिल्लाको शारदा नगरपालिका वडा नं.– १४ धारपानीमा ४५ बर्षीया प्रमिला गिरीको घाँटी रेटी हत्या भएको छ ।
गिरीको घर नजिकै मकैबारीमा घाँटी रेटेर हत्या गरेको अवस्थामा शब फेला परेको हो ।
यो खबर तयार पार्दै गर्दा जिल्ला प्रहरी कार्यालय सल्यानलका प्रमुख डिएसपी दामोदर केसी लगाएतका प्रहरी अधिकारी घटनास्थल पुगेका छन् ।
घटनाबारे अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८० साउन २१ गते आइतवार