तुलसीपुर,साउन १७ । रोटरी क्लव अफ तुलसीपुर सिटी र रोट्रयाक क्लव अफ तुलसीपुरको संयुक्त आयोजनामा तुलसीपुरमा बृक्षारोपन गरिएको छ ।
क्लबले बुधवार एक कार्यक्रको आयोजना गरि तुलसीपुरको बरुवागाउँ देखि क्याम्पस रोडसम्म करिब १ सय बढी बिरुवाहरु रोपेको हो ।
सो अबसरमा बोल्दै प्रमुख अतिथि तुलसीपुर उपमहानगरका मेयर टिकाराम खडकाले बिरुवा रोप्नु भन्दा जोगाउने तर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने बताए ।
उनले रोटरी क्लब अफ तुलसीपुर सिटिले यस क्षेत्रमा गर्दै आएका सामाजिक कार्यहरुको प्रशंसा समेत गरे ।
कार्यक्रममा रोटरी क्लव अफ तुलसीपुर सिटीका अध्यक्ष पवन कुमार योगीले उपमहानगरको सहकार्यमा क्लबले बिभिन्न सामाजिक कामहरु सञ्चालन गर्ने बताए ।
रोटरी क्लव अफ तुलसीपुर सिटीका अध्यक्ष पवन योगीको नेतृत्वमा स्थानीय जनप्रतिनिधि,पत्रकार, रोट्रयाक क्लब ,ईन्ट्रयाक्ट लगाएतको उपस्थितिमा बृक्षारोपन गरिएको महासचिब रुपेश शर्माले जानकारी दिए । 