२०८१ बैशाख २१ गते शुक्रवार

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक प्रक्राउ

तुलसीपुर,साउन १० । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दाङ प्रहरीले एक युवकलाई प्रक्राउ गरेको छ ।

जिल्लाको घोराही उपमहानगपरलिका–१५ गोरक्ष टोल बस्ने २० वर्षीय श्रवण खनाललाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

खनालले ती किशोरीलाई बिवाह गर्छु भन्दै विभिन्न प्रलोभन देखाई गत असार १० गते दिउँसो आफ्नै घरमा बोलाई जबरजस्ती करणी गरी शारीरिक तथा मानसिक यातनासमेत दिएको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : २०८० साउन १० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *